'प्रपोज' गर्न रोजीरोजी उपहार
http://sindhulidarpan.blogspot.com/2012/02/society_1829.html
- एलएन घिमिरे,काठमाण्डौ,माघ २७
दिने ? सबैलाई छनोटमा समस्या पार्छ । पहिलोपटक कसैलाई प्रस्ताव गर्दै हुनुहुन्छ भने उसलाई उपहार छान्न तपाईंलाई साँच्चै हम्मे पर्न सक्छ ।
एउटा भ्यालेन्टाइन बिताएपछि भने तपाईंलाई आफ्ना प्रेमीप्रेमिकाको 'च्वाइस' थाहा हुन्छ । त्यसपछि भने समस्या नपर्ला । आफ्नो प्रेम पुरानो भए साथीको हृदयको कुनामा पुग्न तपाईंले गत वर्षको भन्दा फरक उपहार दिनुपर्छ । हरेक वर्ष तपाईंले त्यही उपहार दिनुभयो भने त्यसले साथीलाई दिक्दार बनाउन सक्छ । त्यसैले आफूले अहिलेसम्म उसलाई बुझेको आधारमा नयाँ छनोट गर्नु उपयुक्त हुन्छ ।
फेब्रुअरी १४ । युवायुवतीले एकअर्कासामु प्रेम अभिव्यक्त गर्ने दिन । मनको कुनामा कसैलाई साँचिराख्नुभएको छ ? अभिव्यक्त गर्न सक्नुभएको छैन भने हिम्मत जुटाउनुस् । त्यही दिन तपाईंले 'प्रपोज' गर्नु भए उन (उस) को हृदय जित्ने चान्स शतप्रतिशतै बढी हुन्छ । किन ट्राई नगर्ने ? रित्तो हात गरेकोे प्रस्ताव 'अँध्यारोमा हानेको तिर' जस्तै होला नि ! ताकेकै ठाउँमा निसाना लगाउन प्रेमीप्रेमिकाको चाहना बुझेर उपहार पनि सँगै दिनुस् । उपहारले मन 'पगाल्न' सघाउँछ । के उपहार
दिने ? सबैलाई छनोटमा समस्या पार्छ । पहिलोपटक कसैलाई प्रस्ताव गर्दै हुनुहुन्छ भने उसलाई उपहार छान्न तपाईंलाई साँच्चै हम्मे पर्न सक्छ ।
एउटा भ्यालेन्टाइन बिताएपछि भने तपाईंलाई आफ्ना प्रेमीप्रेमिकाको 'च्वाइस' थाहा हुन्छ । त्यसपछि भने समस्या नपर्ला । आफ्नो प्रेम पुरानो भए साथीको हृदयको कुनामा पुग्न तपाईंले गत वर्षको भन्दा फरक उपहार दिनुपर्छ । हरेक वर्ष तपाईंले त्यही उपहार दिनुभयो भने त्यसले साथीलाई दिक्दार बनाउन सक्छ । त्यसैले आफूले अहिलेसम्म उसलाई बुझेको आधारमा नयाँ छनोट गर्नु उपयुक्त हुन्छ ।
उपहार छनोट गर्दा पर्स/पकेटको मोटाइलाई भने बिर्सन हुन्न । ऋण गरेरै उपहार दिने कुरा आउँदैन । प्रेमलाई सफलताको शिखरतिर लैजान पैसाको मुख हेर्नु पनि त भएन ! तपाईंहरूलाई सजिलो होस् भनेर उपहारबारे सल्लाह दिन मैले राजधानीका नाम चलेका सपिङ मल/डिपार्टमेन्टल स्टोर/आर्चिज/गिफ्ट सप चहारें । तिनले तपाईंलाई जस्तै मलाई पनि अलमलमा पारे । साहूजीहरूसँगको कुराकानीका आधारमा केही उपहारबारे जानकारी भने तयार पारेको छु ।
डिजिटल ग्याजेट्स
सूचना प्रविधिको युगमा डिजिटल डिभाइस हरेक युवायुवतीको पि्रय हुने नै भयो । यस्ता उपहारले लिने/दिनेलाई एकअर्कासँग हमेसा जोडिराख्न सघाउँछन् । यी ग्याजेटमध्ये स्मार्टफोन सबैभन्दा प्रभावकारी हुन सक्छ । स्मार्ट फोनले कुराकानी गर्नदेखि जीपीआरएस/वाइफाइमार्फत फेसबुक, टि्वटर, गुगल प्लसलगायतका सोसिएल नेटवर्किङ साइट, इबड्डी, याहु, एमएसएन, गुगल टक, स्काइपलगायतका मेसेन्जरमार्फत एकअर्कालाई
नजिक राख्छ ।
चिनियाँ ब्रान्डेड मोबाइल बजारमा आउन थालेपछि मल्टिमेडिया मोबाइल सेटको मूल्य निकै सस्तिएको छ । महँगै परे पनि ब्रान्डेड सेट किनेर दिने भए नोकिया, एलजी, सामसुङ, मोटोरोलालगायतका सेट छन् । त्योभन्दा बढी तिर्ने भए ब्ल्याकबेरी, आइफोन उपयुक्त हुन्छ । यस्तै अर्को उपहार क्यामेरा हुन सक्छ । यसले तपाईंहरूको रोमान्टिक पलहरूलाई मेमोरीमा संग्रह गरेर राखिरहन्छ ।
अर्को उपहार ट्याब्लेट हुन सक्छ । कम्प्युटरले गर्ने सबै काम गर्न सक्ने ट्याब्लेट बजारमा थरी थरीका छन् । गीत सुन्न, रेकर्ड गर्न, एप्पलको आइपोड अर्को उपहार हुन सक्छ । यस्तै एमपीथ्री, एमपीफोर डिभाइसले तपाईंका साथीलाई संगीतको दुनियाँमा डुब्न सघाउने छन् ।
गहना सेट
गहना शृङ्गारको साधनमात्र हैन । यसले प्रेम अभिव्यक्त गर्न पनि सघाउँछ । गहना उपहारले युवतीहरूलाई बढी प्रभावित पार्छ । हुनेखानेका लागि सुन, चाँदी, हीराका गहना उपहार उपयुक्त हुन्छ । चाहना भएर पैसा धेरै खर्च गर्न नसक्नेहरूका लागि विभिन्न धातुका, जलप लगाइएका गहना उपलब्ध छन् । प्रेमिकाका लागि औंठी, नेकलेस, पेन्डेन्ट, इयररिङ, ब्रासलेटलगायतका गहना र प्रेमीका लागि औंठी, पेन्डेन्ट, ब्रासलेट, चेनलगायत उपयुक्त हुन्छ । सबै प्रकारका गहना प्रेमको अभिव्यक्ति दिने हार्ट सेपमा उपलब्ध छन् ।
सजावट सामग्री
प्रेमीप्रेमिकाले दिने उपहारले सधैं एकअर्काको याद दिलाइरहन्छ । त्यसलाई घरको दराज, सोकेसमा सजाएर राख्ने गरिन्छ । यस्ता सामग्रीमा टेडी बियर, हार्टसेप पिल्लो, डल, म्याजिक मग, सेरामिक शो पिस, फोटो प|mेमलगायतका उपहार बजारमा उपलब्ध छन् । 'ह्याप्पी भ्यालेन्टाइन, 'आई लभ यु', 'मिस यु' लेखिएका हार्ट सेपमा डल, पिल्लो, टेडी वियर किन्न पाइन्छ । यस्तै मगमा प्रेमीप्रेमिकाको तस्बिर पि्रन्ट गरेर उपहार दिन सकिन्छ । बजारमा सेरामिकका आकर्षक सोपिस 'भ्यालेन्टाइन उपहार' अंकित गरेर उपलब्ध छन् । प्रेमीप्रेमिका वा दुवैले बिताएका रोमान्टिक पलहरूको तस्बिर प|mेममा हालेर उपहार दिन सकिन्छ ।
लगाउने सामग्री
प्रेमीले दिएको उपहार निकै प्यारो हुन्छ । धेरै प्रेमीहरू आफूले दिएको उपहार उसले लगाएर हिँडेको देख्दा मख्ख पर्छन् । यस्तो बेला प्रेमिकालाई विभिन्न प्रकारका कपडा, स्कार्फ, ह्यान्ड ब्याग, गगल्स, स्यान्डललगायतका उपहार दिन सकिन्छ । यस्तै प्रेमीलाई टिसर्ट, टाई, बेल्ट, पर्स, गगल्स, जुत्तालगायतका उपहार उपयुक्त हुन्छ । समयको ख्याल राख्न आग्रह गर्दै एकअर्कालाई घडी उपहार दिन सकिन्छ ।
गि्रटिङ कार्ड
युवायुवतीबीच प्रेम अभिव्यक्त गर्ने सबैभन्दा प्रभावकारी माध्यम हो गि्रटिङ कार्ड । प्रत्यक्ष भेटमा आफूले अभिव्यक्त गर्न हिम्मत जुटाउन नसकेको कुरा कार्डमा लेखेर अर्काको हातमा पठाउन सकिन्छ । बजारमा प्रेम अभिव्यक्त गर्ने शब्दहरू लेखिएका तयारी र आफैंले लेखेर पठाउन सकिने कार्ड उपलब्ध हुन्छन् । मुटुको आकारका, रंगीविरंगी, प्रेमीप्रेमिकालाई आकषिर्त गर्ने हजारौं थरीका कार्ड बजारमा उपलब्ध छन् । 'सूचना प्रविधिको जमानामा कसले कार्ड किनिरहोस्' भन्ने लाग्छ भने अनलाइनमा डिजिटल कार्ड उपलब्ध छन् । तिनलाई आफ्नो अनुकूलका शब्द, आकार, रंग र पृष्ठभूमिका साथ 'पर्सनालाइज' गरेर प्रेमीप्रेमिकाको इमेलमा पठाउन सकिन्छ । तिनलाई खोल्दा सुमधुर संगीत बज्ने बनाउन सकिन्छ । नेपालमा खत्तम डटकम, नेपालीइकार्डस् डटकम, इकार्डस् डटकम डटएनपी, नेपालीगीतसंगीत डटकमलगायतका साइटबाट इकार्ड पठाउने सुविधा छ ।
रातो गुलाफ
प्रेमको अभिव्यक्त गर्ने माध्यमका रूपमा रातो गुलाफलाई लिइन्छ । भनिन्छ, गुलाफ उपहारका रूपमा दिएपछि मुखले 'आई लभ यु' भनिरहनु पर्दैन । बजारमा प्राकृतिक र कृत्रिम गुलाफका फूल पाइन्छन् । यस्तो बेला अरू प्रकार फूल, बुके उपहार दिने चलनसमेत छ ।
उपहारको कुनै सीमा हुन्न । तपाईंले आफ्ना प्रेमीप्रेमिकालाई यीबाहेक अरू आफूलाई उपहार हो भन्ने लागेका जुनसुकै कुरा दिन सक्नु हुन्छ । दर्शाउने त आत्मीयता हो । उपहारले त्यसलाई गाढा बनाउन सघाउँछ । तपाईंले प्रेम अभिव्यक्त गर्न पफ्र्युम दिन सक्नु हुन्छ । मेल/फिमेल दुवैका लागि बजारमा पफ्र्युम उपलब्ध छन् । मिठाई मन पराउने प्रेमीप्रेमिकाका लागि चकलेट, बार, पेस्ट्री, कुकिज, बेकरी आइटम उपहार हुन सक्छ । बजारमा भ्यालेन्टाइनका लागि त्यसैअनुसार प्याक गरिएका चकलेट प्रडक्ट उपलब्ध छन् । बजारमा विभिन्न प्रकारका उपहारहरूको बास्केट प्याकसमेत किन्न पाइन्छ । कुनै चीज दिनु मात्र उपहार हैन । प्रेमीप्रेमिकालाई थाहै नदिई फिल्म हेर्न लैजाने, लामो यात्रामा घुमाउन लैजाने, कुनै रेस्टुरेन्ट/तारे
होटलमा डिनर गराउन लैजाने, दोहोरी, गजल रेस्टुरेन्ट, डिस्कोथेक लगेर 'सरप्राइज' उपहार दिन सकिन्छ ।
के सोच्दै हुनुहुन्छ ? तपाईंलाई यीमध्ये कुन उपहार उपयुक्त लाग्यो ? भ्यालेन्टाइन आउन
४ दिन मात्रै बाँकी छ है ! आजै उपहार छान्न गइहाल्नोस् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !