"नेपालीले क्यान्सर रोगको औषधी पत्ता लगाए"


मस्तवीर क¥याकङरह्वा, कैलाली,माघ २८
नेपालीले क्यान्सर रोगको सफल उपचार गरे भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ, तर यो कुरो साँचो हो । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ मौलाली ८ का कमल जोशीले क्यान्सर रोगको सफल उपचार गर्नु भएको छ । यलोपेथिक पद्धतिबाट उपचार सम्भव नभएको क्यान्सर  रोगका विरामीहरुलाई आयुर्वेदिक पद्धतिबाट उपचार गरेर जोशीले निको पार्नु भएको छ । २०६० सालदेखि क्यान्सर रोगको उपचारमा संलग्न रहनु भएका जोशीले भारत, नेपाल, क्यानडा, मलेसिया, अष्ट्रेलिया लगाएतका गरी २ सय ५० जना बढीको उपचार गरिसक्नु भएको छ ।
उहाँले २०६३ सालमा विर अस्पतालमा रहेर क्यान्सर रोगको सफल उपचार गरेको बताउनुभयो । त्यसपछि उहाँले भारतका आरआर, एम्स, फोटिङ, मेडान्त अस्पतालमा रहेर क्याक्सर रोगको औषधीको परीक्षण गर्नुभएको छ । उहाँले २०६५ साल पुस १ गते क्यान्सर रोगको औषधी पत्ता लगाएतको दावी गर्नुभयो । सुदुरपश्चिमका पहाडी जिल्ला, हिमाञ्चल प्रदेशका ६१ प्रकारका जडिबुटीको मिश्रणबाट ४ किसिमका औषधी तयार गरेको उहाँले बताउनु भयो । 

जोशीले तयार पारेको औषधी भारत सरकारले ल्याव परीक्षण समेत गरिसकेको छ । २ वर्ष भारत सरकारले अनुसन्धान गरेर जोशीलाई क्यान्सरको उपचार गर्ने मान्यता समेत प्रदान गरेको छ । पत्रकारहरुको एक टोलीले उहाँले उचार गरेर निको पारेका क्यान्सरका विरामीहरुसँग प्रत्यक्ष भेट गरेको छ । पत्रकारहरुसँगको भेटका क्रममा नानक फाराम जगदेवपुर हिरा खिरी भारतकी  ७८ गुर्मित कवारले आफूले नयाँ जीवन पाएको बताउनु भयो । भारत सरकारले जोशीको परम्रागत बैदिक पद्धतिबाट प्रदान गरे पनि नेपाल सरकारले भने त्यस तर्फ कुनै चासो नदिएको उहाँले बताउनुभयो ।

Related

स्थानिय 4675908238675507800

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item