‘जहाँ जीवन व्यर्थैमा लाश वनिरहेछन‘


मैले सोधे–‘आमा यहाको स्वास्थ्य अवस्था कस्तो छ ?’  प्रश्न सिद्धिन्न नपाउदै उनका आखाबाट तप्पक आसु चुहिए,अनुहारमा मलिनता छायो,र परिवारमा सन्नाटा छायो । हामीलाई झन कौतुहलता लाग्यो किन अम्मैको आखामा आसुहरु किन छचल्लकीए । हामीले अनुनय र अनुरोध गरेपछि उनले रहस्य खोलीन । वाख्रा चराउन भिरतीर गएको वेला उनको जवान छोरा भिरबाट लडेर मरेका रहेछन । अस्पताल हुन्थ्यो भने उनका छोरा वाच्थे अरे । अनको अनुहार र आसुहरुले यस्तै वताईरहेको थियो ।      भनिन्छ ‘जवान छोराको लाश वुढो वाउको काधमा सहिनसक्नु हुन्छ रे ’ त्यही सम्झीन आमाले । वितेको छोराका लालावाला पनि सम्झीन र अन्त्यमा आखाभरी आसु जम्मा गर्दै भनिन‘वावु म अव वोल्न सक्दीन है। ’
केशवराज जोशी ‘आकास’
आसुहरुको समा्रज्य कायम भएको वेला
पीडाहरुले छटपटाई रहेको वेला
सिहंदरवारमा निती वन्दैछ रे
सिटामोल नपाएर मरिरहेको वेला
डडेल्धुराको मलासले प्रश्न गरिरहेछ
सरकार,हामी को हौ ?
जनता या जनावर ?होइन भने हाम्रा लागि कहीले वन्छ निती ?
 सुरुमै यि कविताका अशंहरु मनमा फुटे । मनमा पीडाहरु यति आए की के लेखौ के नलेखौ । तर केही लेख्नैपर्ने र भन्नैपर्ने वाध्यता आईलाग्यो किनकी ति डडेल्धुराको मलासका जनताहरुको घरमा ३ रात विताएर म फर्किएको थिए । डडेल्धुरा जिल्ला भीमदत्त पन्तको नामले जती परिचित छ त्यो भन्दा वढी परिचित पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाको नामले परिचित छ । तर देउवाको परिचयले मात्रै के गर्नु ? डडेल्धुराकै जोगवुढा गाविसमा पहिलो पटक सञ्चारकर्मीको टोली पुग्यो आजसम्मकै ४० वर्षमा पहिलोपटक । तालको फोहर पानी पीउनुपर्छ,त्यो पनि ५ घण्टा हिडेर,कक्षा १ देखि ५ सम्म पढ्न ४ घण्टासम्म हिडनुपर्छ,खाद्यान्न छैन कुटानी पीसानी गर्न ६ घण्टा हिडेर कञ्चनपुर आउनुपर्छ,गाविस कार्यालय पुग्न २ दिन लाग्छ,गाउमा बाटो छैन विरामी भए डोकोमा वोकेर अस्पताल ल्याउनुपर्छ तर विडम्वना र मलासवासीको दुर्भाग्य डोकोमा उपचार गर्न ल्याउदा बाटोमै लाश वन्छ रोगी शरीर र जीवन होईन लाश वोकेर फर्किन्छन भरीया र डोकाहरु ।
यो दृश्यपछि के गर्नु शेरवहादुर देउवाको नामले । उनको नाम लिएर गर्व गर्दैमा न त भोका पेटहरु भरिन्छन नत उनीहरुका जीवन फेरीन्छन् । केही समययता मलासका जनताहरुलाई लिएर उनीहरुका वारेमा अनेकौ प्रश्नहरु खढा गरिए । वाख्रा पालेर जीवनको जोहो गर्ने उनिहरुलाई खासगरी कञ्चनपुरका राजनैतिक दलहरुले काठ तस्करको आरोप लगाए र भने मलासमा मान्छे नै वस्दैनन ? मलासका वारेमा विविध प्रश्नहरु उठेपछि मलासका विवेक धामी,जगत धामी लगायतका केही व्यक्तिहरुले आग्रह गरे–‘पत्रकार सर एकछिन मलास पुगिदिनुपर्यो र हाम्रो पीडा र विवशता हेरीदीनुपर्यो।’ हामीले उनको निमन्त्रणा स्वीकार गर्दै मलासको यात्रामा पाईलाहरु अगाडी वढायौ । ५ घण्टाको पैदल यात्रापछि हामी मलास पुग्यौ र अध्यारो भैसकेको थियो त्यतीवेला । राती हामी पराल माथी तन्ना ओछा्एर सुतेपछि हाम्रा मनमा कयौ प्रश्नरु जन्मीरहेका थिए । के मलासमा काठ तस्कहरु वस्छन हाम्रो पहिलो जिज्ञासा ? किनकी चुरे विनासवारे अहिले राष्ट्रिय रुपमै चर्चा छ । हामी अगाडी वढ्दै जादा हामीले त्यहाको कष्ट देख्यौ र जनताबाट थहा पायौ वस्ती वसेको झण्डै ४० वर्ष भएको रहेछ र ४० वर्षमा पहिलोपटक पत्रकारहरुको टोली सामुहिक रुपमा मलासमा पुगेको छ । अव हाम्रा लागि पनि नौलो र अनौठौ भयो र आफैलाई हामीले भाग्यमानी पनि ठान्यौ ति अभागीहरुको विचमा । ३ सय परिवार जती जनताहरु वस्ने मलासमा केही छैन यतिवेला ।
हामीसंगै यात्रामा माओवादी नेता खगराज भट्ट,पत्रकार गोकुल निरौला,मोहन विष्ट,रामसिहं ठगुन्ना,हरिस नगाल,भीम भट्ट ,राजेन्द्र अवस्थी लगायत थिए । विहानीपख हामी एक घरमा गयौ जहा हाम्रा लागि पाहुना सम्झेर मकैको रोटी र नुन तयार भएको रहेछ । एउटी वुढी आमाले रोटी दिनुभयो । मैले सोधे–‘आमा यहाको स्वास्थ्य अवस्था कस्तो छ ?’  प्रश्न सिद्धिन्न नपाउदै उनका आखाबाट तप्पक आसु चुहिए,अनुहारमा मलिनता छायो,र परिवारमा सन्नाटा छायो । हामीलाई झन कौतुहलता लाग्यो किन अम्मैको आखामा आसुहरु किन छचल्लकीए । हामीले अनुनय र अनुरोध गरेपछि उनले रहस्य खोलीन । वाख्रा चराउन भिरतीर गएको वेला उनको जवान छोरा भिरबाट लडेर मरेका रहेछन । अस्पताल हुन्थ्यो भने उनका छोरा वाच्थे अरे । अनको अनुहार र आसुहरुले यस्तै वताईरहेको थियो ।      भनिन्छ ‘जवान छोराको लाश वुढो वाउको काधमा सहिनसक्नु हुन्छ रे ’ त्यही सम्झीन आमाले । वितेको छोराका लालावाला पनि सम्झीन र अन्त्यमा आखाभरी आसु जम्मा गर्दै भनिन‘वावु म अव वोल्न सक्दीन है। ’ कञ्चनपुरका कुनै पनि राजनैतिक दलका नेताहरु मलास पुगेनन र एकोहोरो विरोध गरिरहे विरोधकै नाममा । जनताका लागि राजनिती गर्ने कसम खाएकाहरु जनताकै जीवनमाथी प्रहार गरिरहे हिटलरी शैलीमा । मलासमा जनताको मुख्य व्यावसाय वाख्रापालन तर चुरे सञ्जाल भन्ने एउटा एनजीओले वन विनास हुने भन्दै धमाधम वाख्रा समातेर लैजान्छ र फर्जी विल वनाएर छोड्छ । जिल्ला वनको आडमा चुरे सञ्जालले वाख्रालाई वन विनासकारी तस्कर देखेर समात्छ र कञ्भनपुरको मटैना ल्याएर खोरमा थुनिदिन्छ । अलीकती पनि मानवताको गुण नभएका वनकर्मी र सञ्जाललाई किन थहा भएन सालका रुखहरु वाख्राले होइन आराले काटीन्छ,जंगल वाख्राले होइन तस्करले समाप्त गर्छ । चुरे विनास केही ठाउमा भएको छ तर चुरे विनासकै निहु पारेर मलासका नेपाली नागरिकहरुलाई विकासबाट वञ्चित गराउन पाईन्छ कि पाईदैन ः? मलासलाई गाली गरेर नथाक्नेहरु कृपया एकचोटी मलास गइदिनुस,हेरीदीनुस उनीहरु तिम्रा जस्तै मन नभएका मान्छेहरु होईनन उनीहरुमा मानवता छ,संस्कार छ र तिमीहरुलाई उनिहरुले आफु नखाएर खाना दिन्छन,सुताउछन र आफ्ना पीडा वताउछन त्यसपछि विरोध गर्ने या समर्थन गर्ने तपाईहरुको कुरा हो । मलासमा उपचार नपाएर कती आमाका छोराहरु मरेका छन,कति वहीनीका भाईहरु मरेका छन,कती नानीहरु,कती आमाहरु अनी कति मान्छेहरु । आखै रसाउने,आङै सिरिङ्ग हुने र मन थाम्नै नसकिने आवाजहरु,मर्महरु छन मलासमा । यतिमात्र होईन उनीहरुलाई नेपाल सरकारले लालपुर्जा दिएको छ जमीनको । उनीरुले कब्जा गरेर वसेका छैनन । उनीहरुलाई विकास,बाटो र हरेक कुरा लैजान र ल्याउन कञ्चनपुरकै बाटो प्रयोग गर्नुपर्छ । के उनीहरुलाई कञ्चनुरबाट बाटो र विकास दिन मिल्दैन ? यहा २ राज्यको कुरा त मिल्छ भने आफ्नै भुगोल,आफ्नै माटो र आफ्नै नागरिकहरु र आफ्नै अञ्चलको विवाद किन मिल्न सक्दैन ? काठ तस्करहरुलाई कार्वाही गर्ने कुरामा कसैको दुईमत छैन तर काठ तस्करकै निहुमा उनीहरुका जीवनमाथी खेलवाड गर्न पाईदैन । चुरे वचाउने ठेक्का कञ्चनपुरका एमाले,माओवादी र काग्रेसको मात्र होईन मलासका जनताहरुको पनि हो । जनतालाई पुरै ‘किक आउट’ गरेर वनपालेको भरमा वन वचाउने अभिलाशा कसैको छ भने जनताको समर्थन विनाका रक्षकहरुले कदापी चुरे वचाउन सक्नेछैनन । यसप्रति सचेत हुन जरुरी छ । विडम्वना नै भन्नुपर्छ त्यस क्षेत्रका जनताहरुले एउटा हिड्ने बाटो नपाउदा आफ्नो अमुल्य जीवन व्यर्थैमा गुमाउनु परेको छ । कती सस्तो उनीहरको जीवन । सिटामोल नपाएर, पानी नपाएर,खाना नपाएर र अस्पताल नपाएर व्यर्थैमा जान्छ । उनीहरुको जीवनको मुल्य पशुभन्दा पनि सस्तो । किनकी सहरका पशुहरुमा रोग लागे उपचार पाउछन र निको हुन्छन तर मलासका जनताहरु नत अस्पताल पाउछन नत औषधी नै । डोकोमा विरामी वोकेर कञ्चनपुर आउन लाग्दा डोकोमै बाटोमै कतिले आफ्नो जीवन गुमाउछन अर्थात नचाहदा नचाहदै उनीहरुको जीवनले मृत्युसंग मित्रता गास्नुपर्छ ।
यो लेखिरहदा  निकै पीडा भैरहेको छ । किनकी नेपाली भएर पनि उनीहरुले नेपालको राज्यबाट केही पाएका छैनन । आशै आशमा वितीरहेको उनीहरुको जीन्दगी साच्चै वालुवाका माछा जस्तै पानीको खोजीमा छटपटाई रहेको छ । उनीहरुको जीन्दगी यति निर्मम छ कि उनीहरुले जन्मदै भारी उपहार पाएका छन । त्यसैले त पानी पनि वोक्नुपर्छ ,खाद्यान्न पनि वोक्नुपर्छ त्यो पनि ४–५ घण्टा हिडेर । त्यती हिडेर पनि शुद्ध पानी होईन कुवाको फोहर पानी । त्यो फोहर पानीमा भएका किटाणुहरु अर्थात विष नै उनीहरुका लागि अमृत भएको छ । ओ हो यो कस्तो देश जहा नत मानवअधिकार छ नत राज्य नै । उपचार नपाएर दुखीरहेको घाउ उस्तै छ । विकासका लागि सपना सजाएर टोलाईरहेका आखा उस्तै छन,खाद्यान्न नपाएर कोदाको रोटीे र सिस्नो खानुपर्ने नियती उस्तै छ । देश फेरीयो भेष फेरीएन,नेता फेरी नीती फेरीएन,वोली फेरीए व्यावहार फेरीएन,कितावका गाता फेरीए किताव फेरीएन,गणतन्त्र आयो जनताको घरमा पुगेन । अव लौन केही त वोलीदिनुस राजनैतिक दल,अधिकारकर्मी र राज्यका संयन्त्रहरु ।
email :friend.akash2009@gmail.com

Related

विचाररसाहित्य 6967855294243797661

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item