जेष्ठ १४ भित्र सवैलाई सम्मेट्ने गरी नयां संविधान ल्याएरै छाड्ने
http://sindhulidarpan.blogspot.com/2012/02/news_6522.html
सनिउल्ला धोबी, कपिलवस्तु,माघ २८
नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष अशोक राईले जेष्ठ १४ भित्र सवैलाई समेट्ने गरी नयां संविधान ल्याएरै छाड्ने दावी गर्नुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघद्धारा कपिलवस्तुमा आज आयोजित प्रशिक्षण भेलालाई सम्बोधन ग¥दै उहांले जनताको चाहना विपरित केही शक्ति अहिले पनि लागेकाले त्यसको भण्डाफोर गदै जनतालाई जुनैसुकै हालतमा नयां संविधान दिन एमाले लागी परेको दावी गर्नुभएको हो । जनताको चाहना बमोजिमको संबिधान ल्याउन आपनो पार्टि सदन र सडकमा लागेको उल्लेख गदैं त्यसैका लागी गाउंगाउंमा जनपरिचालन अभियान समेत थालेको स्पष्ट पार्नुभयो ।
नेता राईले सबिधान निमार्णका लागि एमाले पुर्ण प्रतिबद्ध रहेको जनाउदै अब बन्ने सबिधानले महिला, दलित, जनजाति, आदिवासी सवै नेपालीका लागि अग्रगामी ब्यवस्था ल्याउने विचार व्यक्त गर्नुभयो । कपिलवस्तुको मोतिपुर ४ बोडगाउंमा आायोजित भेलामा वोल्दै उहांले नेकपा एमालेको विशेष अभियान सफल पार्नका लागि सबै तह र तप्काबाट सम्पुर्ण कार्यकर्ताहरु लाग्नुपर्ने कुरामा निर्देशन समेत दिनुभयोे । उहांले गएको निर्बाचनमा अवास्तबिक परिमाण स्बरुप नेकपा एमाले तेस्रो स्थानमा रहेको भएपनि एमाले नैे मुलुकको लोकप्रिय पार्टि रहेको समेत दावि गर्नभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !