एकीकृत माओवादीका उपाध्यक्ष जनकपुरको जानकी मन्दिरमा
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_18.html
जनकपुरधाम,चैत ५
एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले आज विहान जानकी मन्दिरको अवलोकन गर्नुभएको छ । इच्छुक सास्कृतिक प्रतिष्ठानको कार्यक्रममा जनकपुर आउनुभएका उपाध्यक्ष किरण आज विहानै जानकी मंदिर पुगेर पुजापाठ गर्दै जानकी मंदिर भित्रका पौराणिक संग्राहालयहरुको साथै भगवान राम र सिता माताबीच विवाह भएको स्मरणमा बनाईएका मडवालाई अवलोकन गर्नुभएको हो । अवलोकन गर्दै उपाध्यक्ष किरणले देशलाई यस्ता पौराणिक संग्राहलयहरुको संरक्षण गर्नुको साथै बाचाई राख्नु पर्ने धारणा ब्यक्त गर्नुभएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !