तीन दलको आजको बैठक पनि निष्कर्षविहीन


काठमाण्डौ,फागुन २०

शान्ति र संविधान निर्माण प्रक्रियामा सहमति जुटाउन बसेको तीन दलको आजको बैठक पनि कुनै निष्कर्षमा नपुगी सकिएको छ । आजको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको शान्ति प्रक्रियाको प्रस्तावप्रति काङ्ग्रेस र एमालेले असहमति जनाएपछि बैठक सहमतिमा पुग्न नसकेको हो । एकीकृत माओवादीले सेनाको महानिर्देशनालयमा आफ्नो पनि प्रतिनिधि हुनुपर्ने माग राखेपछि दलले आपत्ति जनाएको हो । 

माओवादी लडाकु समायोजनमा ब्रिगेडियर जनरलसम्मको पद माग गरेको छ भने अरू दलले नेपाली सेनाको मापदण्डअनुसार नै समायोजन हुनुपर्ने अडान राख्दै आएका छन् । शान्ति प्रक्रियामै कुरा नमलेपछि नेताहरूबीच आज अरू विषयमा विस्तृत छलफल भएन । जिम्मेवारी बाँडफाँड गरी तयार भएको प्रस्तावहरूमा छलफल गरी शान्ति र संविधानका लागि निर्णायक सहमति गरिने नेताहरूले बताएका थिए । बैठक काङ्ग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा बसेको थियो । थप छलफलका लागि तीन दलको बैठक भोलि बिहान फेरि बस्ने भएको छ ।

Related

राष्ट्रिय 1336377606510806526

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item