माओवादी तेस्रो डिभिजनका दुईजना कमाण्डर काठ तस्कर

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_5881.html
चितवन,फागुन २०
चितवनको शक्तिखोरमा रहेको माओवादी तेस्रो डिभिजनका दुईजना कमाण्डर काठ तस्करमा प्रगोग गरिएको गाडीसहित गएराति पक्राउ परेका छन् । पूर्वी चितवनको उदयपुर सामुदायिक वन जुटपानीको क्षेत्रबाट चोरी गरि लैजाँदै गरेको अवस्थामा सालका तीनथान गोलियासहित दिनेश रामजी स्मृति ब्रिगेडका वटालियन कमाण्डर भीमबहादुर केसी र कंम्पनी कमाण्डर लक्ष्मण धामी पक्राउ परेका हुन् ।
उनीहरुले तेस्रो डिभिजनको अनमिनले प्रमाणित गरेका बा. ००१ अ. ५५ नम्बरको तरकारी बोक्ने गाडीमा सालका गोलिया राखेको फेला परेको छ । काठ तस्करी गरेको अवस्थामा वन हेरालु, स्थानिय उपभोक्ता र वन पदाधिकारीहरुले जुटपानी १ खोलेसिमलमा उनीहरुलाई पक्राउ गरेका हुन् ।
अशोक पहाडी, रौतहट
रौतहट जिल्लाको रङ्गपुर गाविस–५ बाट सशस्त्र प्रहरी तथा वन गस्ति टोलीले २
थान साईकलसहित काँचो सालको गोलिया बरामद गरेको छ । ईलाका वन कार्यालय चोचा तथा सशस्त्र प्रहरी बेसले करिब १५ क्युफिट गोलिया बरामद गरेको हो । साईकल र काठ ईलाका वन कार्यालय चोचामा पठाइएको सशस्त्र प्रहरी बेस पोखरबिण्डाले जनाएको यसैबीच रौतहट जिल्लाको गरुडामा रहेको एक क्रसरले उत्पादन गरेको गिटी अवैध रुपमा भारत लैजाने गरेको खुलासा भएको छ ।
अवैध पैठारीले सरकारी राजस्व समेत प्रभावित भएको छ । भारतीय नम्बर प्लेटका ट्रक नै ल्याएर लोड हुने गिटी बिहारका बिभिन्न स्थानमा बन्न लागेको रेलको लिक र सडकमा प्रयोग हुने गरेकोस्थानीय बासिन्दाले बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !