शान्ति र संविधान सरकारको प्रमुख एजेण्डा


मिनकुमार दाहाल,सिन्धुली,फागुन १९

फागुन जिल्ला विकास समितीको सत्रौ जिल्ला परिषद उद्घाटन गर्दै प्रधानमन्त्री वावुराम भट्टराईले सरकारको प्रमुख ऐजेण्डा शान्ति र संविधान भएको वताउनुभयो । जिल्ला परिषद् उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराइले वर्तमान सरकारले फागुन महिना भित्रै शान्ति,संविधान,सुशासन दिएर समवृद्ध नेपाल वनाउन चाहेको वताउनुभयो । 
सेना समायोजनको कार्यतालिका फागुन महिना भित्रै ल्यान लागेको उहाँले प्रतिवद्धता प्रकट गर्नु भयो । सत्य निरुण र वेपत्ता छानविन आयोग गठन गर्ने प्रकृयाको तयारी  सरकारले  भैरहेको जानकारी जिल्ला परिषद उद्घाटन गर्दै प्रधानमन्त्रीले वताउनुभयो ।
राज्यको पुनसंरचना,शासकिय स्वरुप र निर्वाचन प्रणालीको विषयमा एउटै धारणा वनाउन प्रमुख तिन दल विच सहमती नजिक पुगेको प्रधान मन्त्रीले वताए । फागुन महिनामा शान्ति र संविधानका सवै कामहरु अघि वढाउन सरकारले चाहेको प्रधान मन्त्री भट्टराइले वताउनुभयो ।
सरकार जनता प्रतिउत्तर दायी हुनु पर्ने वताउदै प्रधानमन्त्रीले भन्नुभयो–अवको सरकार जनताको मालिक हैन जनताको सेवक हो । भ्रष्टचारीलाई सरकारले नछोड्ने दावी गर्दै प्रधानमन्त्रीले भने सरकारमा रहेका मन्त्रीहरुलाई अदालतले भ्रष्टचारी ठहर गरेर अदालत पठाएको दावी उहाँले गर्नु भयो ।
राणाको अवताली खाएका केही कुतत्वले शान्ति र संविधान भाड्न खोजी रहेका छन् भन्दै प्रधानमन्त्री भट्टराई भन्नुभयो शान्ति र संविधान विरोधी हर्कत गर्नेलाई सरकारले कुनै हालतमा छोड्दैन ।

Related

स्थानिय 5187049030643123395

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item