जातीय सद्भाव कायम राखेर संविधान बनाउन नामिबियाको सुझाव

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_5100.html
काठमाण्डौ,फागुन १९
संविधानसभावाट विश्वमै छोटो समयमा संविधान बनाएका गणतन्त्र नामिवियाका सांसदहरुले जातीय सद्भाव कायम राखेर संविधान बनाउन नेपाली सभासद्हरुलाई सुझाव दिएका छन् । व्यवस्थापिका संसदको प्राकृतिक स्रोतसाधन समितिका सदस्यहरुसँगको छलफलका क्रममा उनीहरुले सुरुमै संविधानका आधारभूत सिद्धान्त तय गरेका कारण छोटो समयमा संविधान जारी गर्न सकिएको बताए । नामिबियाको प्रतिनिधिसभाका सदस्य मोसेस एम्मिलोले जातीय सद्भाव कायम राखेर भूगोलको आधारमा क्षेत्र विभाजन गरिएको बताउनुभयो । राष्ट्रिय एकताका लागि जातीय सद्भाव कायम राख्नुपर्ने आफूहरुको अनुभव रहेको उहाँले बताउनुभयो । भौगोलिक हिसाबले नेपालभन्दा ६ गुणा बढि जनसङ्ख्या रहेको नामिबियाको जनसङ्ख्या भने नेपालभन्दा १३ गुना कम अर्थात् २१ लाख मात्र छ ।
१९८२ मा दक्षिण अफ्रिकी उपनिवेशवाट स्वतन्त्र राष्ट बनेको नामिबियामा १९८९ मा सम्पन्न संविधानसभा निर्वाचनबाट संविधान बनेको थियो । संविधानसभा निर्वाचनमा कुनै दलको स्पष्ट बहुमत नआएपछि राजनीतिक सहमति कायम गरेर संविधान जारी गरेका थिए । संविधानसभामा कुनै दलको स्पष्ट बहुमत नभएपछि विशिष्ट राजनीतिक सहमति र सहकार्य सुरु गरेको मोसेसले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !