जरायोटारको बिद्यालयमा अनिश्चितकालीन तालाबन्दी


उमा पौडेल, सिन्धुली,चैत ३

सिन्धुलीको जरायोटार गाविस वडा नम्बर ५ मा रहेको निम्न माध्यामिक विद्यालय सान्धानेमा शिक्षकहरुले ताला लगाएका छन् । विद्यालयका प्रध्यानाध्यापक नन्दराज अधिकारीले विद्यालयको आय व्याय विवरण नदेखाएकाले उनिहरुले वाध्य भएर ताला लगाएको वताएका छन् । 

समितीको नियमित बैठक बस्नुपर्ने, निजि शिक्षकहरुको तलबको व्यबस्था गरिनुपर्ने, विद्यालयको प्रशासनिक कार्य सुचारु रुपमा चलाउनु पर्ने लगायत २१ बुँदे माग सहित शिक्षकहरुले विद्यालय बन्द गरेका हुन् । ताला लगाएपछि विद्यालयको पठन पाठन ठप्प भएको छ । आफ्ना मागको सुनुवाई नभएसम्म ताला नखोलीने शिक्षकहरुले चेतावनी दिएका छन् ।

Related

विविध 1557296823261411711

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item