गफैभयो "सिन्धुलीको केवलकार"

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_2601.html
एसवी गौतम,
काठमाण्डौ,फागुन १८
काठमाण्डौ,फागुन १८
सिन्धुलीमा केवलकार निर्माण कार्य सुरु गर्ने भनिएको एक वर्ष वितिसक्दापनी कुनै काम सुरु हुन सकेको छैन । सिद्धबाबा केबुलकार प्रालि सिन्धुली र भारतीय ठेकेदार कम्पनि –सिआई बीच कोलकतामा सम्झौता भएको एकवर्ष वढी भईसक्दापनी काम भने सुरु हुन नसकेको हो । सिन्धुली जिल्लामा पर्यटन विकासका लागि कमलामाई नगरपालिका ९मा अवस्थीत ठुलीचौरीवाट च्याउकोटडाँडाँसम्म केवलकारको दुरी रहेन वताईएको थियो । करिब १५ करोड अनुमानित लागत रहेको उक्त केबुलकारको लम्बाइ एक हजार ६०० मिटर रहेको छ भने पोल (खम्बा) नौवटा गाडिने र एउटामा छजना अटाउने क्याबिन छ वटा राखिने केवुलकार प्रालि सिन्धुलीले जनाएको थियो ।
उक्त लगानीमध्ये स्थानीय बासिन्दाको ३० प्रतिशत सेयर र बाँकी ७० प्रतिशत रकम परियोजना (केबुलकार निर्माण कम्पनी)को लगानी रहेको केवलकार प्रालि सिन्धुलीले जनाएको थियो । जिल्लामा रहेका ऐतिहासिक सिन्धुलीगढी दरबार, हरिहरपुरगढी दरबार, पञ्चकन्या पोखरी, कमलामाई, माईस्थान मन्दिर, कालिकामन्दिर लगायतका पर्यटकीयस्थलमध्ये सिद्धबाबा मन्दिर पनि एक रहेकाले केबुलकार निर्माण भएपछि त्यसमा चढ्न राजधानी काठमाडौ लगायत तर्राईका जिल्ला र छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने वताईएको छ ।
छिट्टै निर्माण हुनु पर्दाछ । सरकारले तल्लिन भएर कार्यन्वयन अगढी बढाउनु जरुरी हुन्छ ।
ReplyDelete