लोडसेडिङ घट्दै,हप्तामा ६२ घण्टा


काठमाण्डौ,फागुन २१ 

नेपाल विद्युत प्राकरणले भोलीदेखि लागू हुने गरी छ घण्टा लोडसेडिङ घटाउने भएको छ । ६८ घण्टा लोडसेडिङ हुँदै आएको प्राधिकरणले सोमबारदेखि लागू हुने गरी हप्ताको ६२ घण्टामा झारेको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख चिरञ्जीवी शर्माले जानकारी दिनुभयो । चुहावटमा आएको नियन्त्रण र कुलेखानीमा पानी जम्मा भएको लगायतका कारणले लोडसेडिङ घटेको हो । 
आगामी चैत्र ७ गतेदेखि १६ गतेसम्म हुन लागेको प्रवेशिका परीक्षा (एसएलसी) लाई दृष्टिगत गरी र विद्यार्थीलाई अध्ययन गर्न सजिलो होस् भनी लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, ३५ प्रतिशत ४० प्रतिशत विद्युत चुहावट हुने क्षेत्रमा थप एक घण्टा, ४० देखि ५० प्रतिशत चुहावट हुनेमा थप २ घण्टा, ५० देखि ६० प्रतिशतसम्मको ३ घण्टा, ६० देखि ७० प्रतिशतसम्मको ४ घण्टा तथा ७० प्रतिशतभन्दा बढी विद्युत चुहावट हुने क्षेत्रमा थप पाँच घण्टा हप्ताको लोडसेडिङ बढी हुनेछ । बढी विद्युत चोरी हुने ठाउँमा बढी लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

Related

प्रविधि 2346485300688985998

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item