विपि राजमार्गदेखी नुनथलासम्म सडक मर्मत

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_9943.html
सिन्धुली,फागुन २१
सिन्धुलीको विपी राजमार्ग अन्र्तगत राममाडिदेखि नुनथला सम्म जोडने सडक मर्मत कार्य सम्पन्न भएको छ । कमलामाइ नगरपालिकाको ५ लाख रुपैँया र १ लाख जनश्रमदान गरि जम्मा ६ लाख रुपैँयाको लागतमा सडक मर्मत कार्य सम्पन्न भएको हो ।
सडक मर्मतमा भएको खर्च सार्वजानिक गर्दै राममाडी नुनथला सडक मर्मत तथा निर्माण समितिका अध्यक्ष लोकविक्रम थापाले सकेसम्म चाँडै नै उक्त वाटो पिच गर्न पहल गरिने वताउनुभयो । सडक मर्मत पश्चात चाँडै नै वन्न लागेको नजिकैको प्राविधीक शिक्षालय स्थापना र प्रचार प्रसारका लागि समेत सहयोग पुग्ने अधिकांसको वुझाइ छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !