यौटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा .....

छत्रवहादुर मैनाली,सिन्धुली,हाल कोलम्विया

यौटा मान्छेको मायाले कति फरक पर्दछ  जिन्दगीमा ..... स्वर सम्राट नारायण गोपालको स्वरमा गुन्जिने  गितको बोल जस्तै        यो हप्ता संसारकै सबैभन्दा होचा व्यक्तिको किर्तिमान कायम गर्न   चन्द्र बहादुर डाँगी  ७२ बर्षको बुढ्यौली उमेरमा एक साथ दुइ कृतिमान कायम गरी गिनिज बुक अफ वर्ल्ड मा नाम  लेखौन सफल भएका छन  यौटा मान्छेको कृतिले विश्व जगतमा  कति फरक पार्दो रहेछ भन्ने यो  बिषयले प्रमाणित गरेको  छ   आफ्नो माध्यम द्वारा  नेपालको नामलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन  सफल हुनु भएका  चन्द्र बहादुर डाँगी  प्रति  सर्वप्रथम हार्दिक कृतज्ञता जाहेर  गर्दछु साथै उहाको बारेमा सोधखोज गरी बिषय बस्तुलाई सर्व साधारण सामु  पस्तुति गरेर   अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई  बढाउन थप मद्दत पुर्याउनु हुने   संचारकर्मी, प्रकाशन प्रसारण  गृह,   प्रति  यसै लेख मार्फत हार्दिक आभार प्रकट गर्दछु ।
 भ्रष्टाचार, अनियमितता,हत्या ,हिंसा जस्ता विषयका  समाचारले हरेक दिन जसो  रंगिने समाचारका पाना ,बिध्युतिय संचार माध्यमका पर्दाहरु एकाएक  नेपालको प्रतिष्ठा संग जोडिएको समाचारले रंगिंदाको  क्षण बास्तबमै विश्वभर  हर्शमय थियो हरेक नेपालीले एक पटक नेपाली हुनुमा  गौरबांवित महशुस गर्ने थप अवसर एक साथ प्राप्त भएको थियो  बिश्व भरका प्राय संचार माध्यमले प्रसार गरेको चन्द्र बहादुर  डाँगी सम्बन्धि समाचार बारे नेपाली समुदायहरु आभार प्रकट गरी रहेका थिए  सामाजिक संजाल फेसबुक ,त्विटर,लगायतमा शुभकामनाको ओइरो नै लागेको थियो लाग्दथ्यो सकारात्मक अथवा नकारात्मक बिषय बस्तुले  जनमानसमा कस्तो असर पुर्यौदो रहेछा भन्ने यो गतिलो उदाहरण बनेको छ ।
 हाल म बसोबास गर्दै आएको दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा मलाई व्यक्तिगत रुपमा  चिन्नुहुने कोलोम्बियाली लगायत अन्य मुलुकका नागरिकहरुले  व्यक्तिगत रुपमा  टेलिफोन ,इमेल ,  प्रत्यक्ष  भेटेरै तपाइको देशको नागरिक संसारकै होचो भएर गिनिज बुकमा नाम लेखौना सफल हुनु भयो   हामीले हिजो बेलकी टेलिभिजनमा हेर्न पायौं  समाचार हेरे पश्चात  तपाइको झट्ट याद आयो र  कति बेला भेट गर्न सकिएला भनेर ठुलो उत्सुकता जागेको थियो   त्यसैले  हामी  होचा भएर विश्वमा कीर्तिमानी राख्न सफल चन्द्र बहादुर डाँगी एबम तपाइलाई समेत  बधाई दिन आएको हामीलाई पनी खुसि लागेको छ  यो भन्दा पहिला  नेपालको बारेमा खासै थाहा थिएन  संसारकै अग्लो चुचुरो सगरमाथा  बुद्ध जन्म भुमि नेपाल , होचो व्यक्ति पनी नेपालमा कस्तो भाग्यमानी हिमालै हिमाल भएको  राष्ट्र  तपाई को कारणले आज नेपालको बारे जानकारी राख्ने शुभ अवसर मिलेको भन्दै   कत्तिले अंगालो मार्दै ,कत्तिले हात मिलाएर, टेलिफोन , इमेल मार्फत धन्यवाद सहित   बधाई शुभकामना दिंदाको क्षण बास्तबमै अविस्मरनिय  थियो  एक जना व्यक्तिको कारण  मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा चिनौना यति ठुलो अवसर प्राप्त हुन्छ,  भने हाम्रो देशमा रहेको प्राकृतिक सम्पदा , भौतिक सम्पदा  मार्फत दिलो ज्यान दिएर इमान्दारिताका साथ प्रचार प्रसारमा  लागी पर्ने हो भने नेपाल दुइ ढुंगा बिचको तरुल हैन  नेपाल दुइ ढुंगा बिचको  डाइमन्ड़  (हिरा ) हुनेछ  माथिको संधर्व ले  आफुलाई नेपाली हुनुमा ठुलो गर्व महशुस हुनुका साथै  एक व्यक्तिको कुनै बिसेष कारणले संसारलाई नै कस्तो प्रभाब पार्दो रहेछ  त? भन्ने  हरेक प्रकारका प्रश्नले मनभरी खेली नै रह्यो पर्यटन बर्ष २०११ पनी लक्ष्यमा पुग्न नसकी त्यतिकै सकियो त्यसले नेपालको प्रचारलाई खासै असर पुर्यौना सकेको थिएन अहिले लुम्बिनी भ्रमण बर्ष २०१२ घोषणा गरिएको छ घोषित लक्ष्य अनुरुप कार्यक्रमले कस्तो रुप ग्रहण गर्ने हो आगामी दिनमा हेर्न बाँकिनै छ  बिगतको असफल  कार्यक्रमलाई मध्यनजर राख्दै तन मनले एक निष्ठा भएर लागे त सफल हुन कुनै असम्भब देखिंदैना लगायत का नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने कार्यक्रमहरु बारे चिन्तन  मनन चली नै रह्यो ।
तर के गर्नु जतिनै चिन्तन मनन गरे पनी १२ बर्ष कुकुरको पुच्छर ढुंग्रामा राखे पनी बांगाकोबांगै भन्ने उखान जस्तै नेपालको राजनीतिक  अवस्था जस्ताको तस्तै छ  जुनसुकै मुलुकमा पनी राजनीतिक अवस्थाले त्यस  मुलुकको बस्तु स्थितिलाई इंगित गरिरहेको हुन्छ  राजनीतिक व्यवस्था स्थिर भएका मुलुकहरुमा बिकाश निर्माण नया नया खोज अनुसन्धान  गर्दै मुलुकलाई थप  सम्रिधिको बाटोतर्फा लैजान  उन्मुख हुन्छन भने अस्थिर राजनीतिक व्यवस्था  भएका मुलुकहरुमा यसको ठिक बिपरित  भएका संरचनाहरु पनी दिन प्रति दिन ध्वस्त  हुने , हत्या हिंसा दण्ड हिनताले  हद नाघेर  मुलुकनै खण्डहर हुने तर्फ  उन्मुख हुन्छ
 वर्तमान नेपालको अवस्था को मुल्यांकन गर्ने हो भने अस्थिर राजनीतिक ब्याबस्थाको फाइदा उठाउंदै  एक आपसमा  खिचातानी ,खुट्टा तानातान , सत्ता प्राप्ति र कुर्सिको लागी जस्तोसुकै  घृणित कार्य गर्न समेत पछी नपर्ने , देश र जनता प्रति गरेका प्रतिबद्ता लाई पुरा गर्न नपर्ने , दण्डहीनता लाई प्रश्रय  दिएर कानुनी राज्यको  वकालत गर्ने, संसारमा आफु बाहेक अन्यलाई केहि नठान्ने , प्रवृतिको बिकाशले गर्दानै आज मुलुकको यो हविगत हुन पुगेको हो  तर यहाँ सबैलाई पद प्रतिष्ठाको खोक्रो आदर्शमा बाच्न बानी परिसकेको हुनाले हामी सर्वसाधारण जनताले के नै गर्न र भन्न सक्छौं र ?  अथवा भन्नुको कुनै तात्पर्य छ जस्तो लाग्दैन हामीले भन्नु भन्दा पनी आफैले बस्तु स्थितिको जानकार भएर प्रकृतिको नियमानुसार चल्न सकेको भए आज मुलुकले धेरै नया काँचुली फेरी सक्ने थियो जनतालाई सर्वोपरी ठानेर देश र  जनताको लागी  सांचिकै गर्ने हो भने समय अझै पनी पर्याप्त छ जनताको धैर्यताको बाँध टुट्दा को परिणाम  अफ्रिकी मुलुक लिबियाका तत्कालिन साशक मोमर गद्दाफिलाई  लखेटी लखेटी बीच सडकमा प्राण लिएको  उदाहरन्को लागी पर्याप्त छ ।
 जनमत, जनाधार,  नभएको असली पन्च विश्लेषण लाग्ने   पंचायतकालिन प्रधानमन्त्री किर्तिनिधि  बिष्टको कार्यकालमा सिंहदरबारमा भिषण आगलागी भएको थियो उक्त आगलागी बाट महत्वपुर्ण कागजपत्र दस्ताबेज हरु जलेर खरानी भएका थिए उक्त आगलागिलाई नियन्त्रण गर्न नसकेको साथै भौतिक रुपमा ठुलो क्षति हुन गएको बिषयलाई नैतिकताको आधारमा पदमा बसिरहन  उचित नहुने निष्कर्षमा पुगेर तत्कालिन राजा  समक्ष  राजिनामा बुझाएका थिए अहिले जस्तो सुकै घटना घटोस नैतिकता लाई आधार मानेर पद छाड्नु त धेरै परको बिषय बन्न पुगेको छ   बक्तब्य बाजी गरेर हुन्छ  कि ? भर्त्सना गरेर हुन्छ बिषय बस्तुलाई  तुरुन्तै अन्यत्र मोड्ने काम भैरहेकोछ के कसरि हुन्छ  जसो गरी पनी कुर्सीमा  बसिरहने प्रपंच्मा दिलो ज्यान लगाएर लागी पर्ने,  विपक्षीहरुले  जनता सामु देखावटी रुपमा सरकार ढालेर भित्रि रुपमा  पालै पालो सत्ताको कुर्सीमा पुग्ने खेल  बाहेक समस्याको समाधान गर्न  केहि पनी लछारपाटो लाउन सकेका छैनन् यसको ज्वलन्त प्रमाण हो जो सुकै नेतृत्व  तहमा  पुगे पनी  जन भावना अनुरुप काम गर्न नसकेको सिधा अथवा घुमाउरो पाराले   स्वीकारोक्ति गरेको हामी माझ  ताजा नै छ  यदि आफ्नो कार्यकालमा जनभावना अनुरुप कम गर्न नसकेको वास्तविक हो भने नैतिकताको आधारमा पद छाड्ने कि ? बक्तब्य बाजी गर्दै हिड्दा ठिक हुने हो ?  कहिले कहिँ लाग्दछ हामीले आशाबादी भएर समय बर्बाद पो गरेका छौं कि ? नमच्चिने पिंगको सय झट्का भने जस्तै हामी त्यहिँ पिंगको लठ्ठामा झुन्दिएर  मरिहत्ते गर्दै समयलाई बर्बादीतिर खर्चिंदै छौं कि ? समयको विश्लेषण गर्ने पालो आएको छ अब देशमा आशा र भरोशा राखेर  बिस्वस्त हुने समय सकिएको छ  सम्पूर्ण जनता सुसुचित हुने अवसर बाट  बन्चित  भएर बस्ने समय होइन अब  सबैले सुसुचित भएर वर्तमान अवस्थामा देखिएको अस्थिरताको डंगुरलाई  सफा गरेर ताजा बाताबरण सिर्जना गर्नु सबैको कर्तब्य हो आफु र भावी सन्ततिलाई समेत मध्यनजर राख्दै महान इतिहास निर्माणको पथमा लाग्ने समय घर्किना लागेको छ यो सुवर्ण अवसर लाई कुनै पनी मूल्य र मान्यता बिपरित चुक्न दियौं भने आफ्नो घुंडामा आफैले बन्चरो  प्रहार गरे समान  हुन जान्छ  अब कति समय सम्म आशाबादी भएर स्वप्न संसारमा डुबी रहने हो ?अझैपनि swapमा डुबी रहने हो भने भिर बाट लड्ने गोरुलाई राम राम शिवाय के नै भन्न सकिएला र ? 
राजधानीको मुटु मानिने  बबरमहल आसपासको स्थानमा दिन दहाडै बम बिष्फोट हुन्छ सर्व साधारण नागरिकले अनाहकमा ज्यान गुमाउछन  सरकार ले बक्तब्य निकालेर घटनको बिरोध जनाउछ शान्ति सुरक्षा प्रति नागरिक हरु त्राही त्राही भएर बाच्नु पर्दछ भने राज्य व्यवस्था कति कम्जोर हुँदै असफल बाटो तर्फ  लम्किरहेको छ ? देशमा शान्ति सुरक्षा कायम भइ अमन चयनका साथ जीवन व्यतित गर्न पाइने  सुनौलो सपनाका साथ नेपाली जनताले राजनीतिक दलहरुलाई साथ दिंदै आएका हुन्  सम्बन्धित निकायका नेतृत्व सम्हालेका बाट समयको हरेक काल खण्डमा बिबादस्पद अभिव्यक्ति आउनु , नियम कानुन बिपरित राष्ट्र सेवकलाई परिपत्र आदेश जारी गर्नु ,राजनीतिक संगठनको सदस्य भएकै नाताले  कानुन बमोजिम कारबाहीको भागी हुन नपर्ने  यदि कानुन बमोजिम कारबाही गर्न खोजेमा उल्टै दुर्ब्यबहार प्रदर्शन गरी राष्ट्र सेवामा रहेका लाई नीहुर्येरा माफी मगाउनु  जस्ता घटनाको विश्लेषण गर्नु  पर्दा यो भन्दा ठुलो अधिनायक बाद , सामन्तबाद संसारमा अन्य कहाँ होला ?मुखले फलाक्दैमा साम्यवाद, समाजबाद ,अथवा अन्य कुनै बाद भएर जनताले परिवर्तनको अनुभूति गर्न पाउने हो भने संसारमा दुख कष्ट गरेर किन संघर्ष गर्नु पर्यो र ? 

Related

विचाररसाहित्य 1844928984590114990

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item