सिन्धुलीको उत्पादन काठमाण्डौ निकासा गर्न रोड करिडोर लागु हुदै


सिन्धुली ,फागुन २१

सिन्धुली सडक अन्तर्गत लाभकारी कृषि उत्पादन प्रवर्धन तथा विस्तार परियोजना संचालन गर्न क्षेत्रीय कृषि निर्देशनालय हरिहर भवन र जाइका प्रोजेक्ट कार्यालयका प्रतिनिधीहरुले संयुक्त रुपमा सिन्धुली रोड करिडोरको आधारभुत विकास रणनीति मस्यौदा तयार पारेका छन् । जिल्ला विकास समितीमा आयोजित कार्यक्रममा जाइका प्रोजेक्ट कार्यालयका ताकाशी सुगीयामाले मुल्य वृद्धि श्रृंखला अध्ययन,आधारभुत विकास रणनिति मस्यौदा र  पाइलट परियोजनाको वारेमा जानकारी गराउनु भएको थियो । 

निर्माणाधिन विपी राजमार्ग निर्माण सम्पन्न भए पछि काठमाडौं उपत्यकालाई फलफुल,तरकारी,मासु र दुध आफुर्ति गर्न सिन्धुलीवाट सहज हुने भएकोले सिन्धुली जिल्लाको सडक क्षेत्रलाई उच्च मुल्य वस्तुहरुको प्रमुख केन्द्रको रुपमा विकास गर्न लागिएको हो । नेपाल सरकारले १९९६ मा जापान सरकारलाई सिन्धुली रोड करिडोर निर्माण गर्न बृहत अनुदान सहयोग परियोजना संचालन अनुरोध गरेको थियो । २०१४ मा धुलिखेल देखी वर्दिवास सम्म १ सय ६० किलोमिटर सडक निर्माण समपन्न भए पछि राजमार्ग आसपासमा वस्दै आएका समुदायलाई यो मार्ग हर्स न विस्मात नहोस भन्ने उदेश्यले सिन्धुली सडक क्षेत्रमा उच्च मुल्य कृषिको प्रवर्धन तथा विस्तार परियोजना संचालन गर्न लागीएको आयोजकले वताएको छ । सडक आसपासका स्थानिय वासिन्दाहरुले आफ्नो जीवनस्तर उठाउन सिन्धुलीको सडकलाई कसरी अधिकतम उपयोग गर्न सक्छन उनीहरुलाई परियोजनाले सहयोग गर्ने जाइका प्रोजेक्ट कार्यालयका ताकाशी सुगीयामाले वताउनुभयो । 
एसआरक्याम्प वारे जानकारी,मुल्य श्रृङ्खला अध्ययनका मुख्य नतिजा र निचोड,सिन्धुली सडक क्षेत्रको लागी आधारभुत विकास रणनितीको मस्यौदा तथा नमुना आयोजनाहरुको प्रारम्भीक सुची तयारपारी काम संचालन गर्ने तयारी भएको सो अवसरमा सुगीयामाले जानकारी गराउनु भएको थियो । जिल्ला विकास समितीमा भएको सो कार्यक्रममा जाइका प्रोजेक्ट,कृषि निर्देशनालय हरिहर भवनका प्रतिनिधीहरु,जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डोरवहादुर रायमाझी,सिन्धुली उद्योग वाणिज्य संघका उपाध्यक्ष राजकुमार श्रेष्ठ,पशु सेवा कार्यालयका प्रमुख रविलाल चौधरी,कृषि विकास वैंक,घरेलु तथा सानाउद्योग विकास समिती र राजनीतिक दलका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

Related

स्थानिय 4205459890316698969

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item