माओवादीको वैद्य पक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_5400.html
काठमाण्डौ,फागुन ३०
एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा माग गर्नुभएको छ । प्रधानमन्त्री भट्टराईले राष्ट्रघाती काम गरेको आरोप लगाउँदै वैद्यले यो सरकारका विरुद्धमा अब सडक सङ्घर्ष गर्ने चेतावनी दिनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सन्चारसकर्मीसँग कुरा गर्दै उपाध्यक्ष वैद्यले राष्ट्रिय राजनीतिमा अहिले सहमतिको सरकार बनाउनुको विकल्प नभएको प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो । आफ्नै पार्टीको सरकार भएपनि पार्टीको एजेन्डाहरू कार्यान्वयन नभएको उहाँको भनाइ थियो । सरकारको काम कारवाही र पार्टीको भूमिकाका विषयमा छलफल गर्न वैद्य पक्षका केन्द्रीय सदस्यहरूको बैठक हिजो र अस्ति बसेको थियो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !