सिन्धुलीमा सहकारि वैंक स्थापना हुने

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_6074.html
ध्रुवचन्द्र खड्का, चिना थापा,
सिन्धुली,फागुन २१
तस्विर:शिव काफ्ले |
यसका साथै सहकारी सम्वद्ध व्यक्तिहरुले सिन्धुलीमा सहकारि वैंकको स्थापना गर्न कुनै ढिला गर्न नहुनेमा समेत जोड दिएका छन् । कार्यक्रममा वाल्दै प्रमुख अतिथि केवि उप्रेतीले यस वर्ष दश ओटा सहकारी बैंक खोल्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले सवैभन्दा बढी सदस्य भएको र धेरै लगानी भएको राष्ट्रिय सहकारी बैंक मात्र भएको दावी गर्दै देशैभरि यसको शाखा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
अहिले सहकारी बैंकको शाखा र नेटवर्क बढीरहेकोले यसवाट सहकारीमा आवद्ध व्यक्तिहरुलाई मात्र नभई सरकारलाई पनि फाईदा हुने बताउँदै वहाँले सहकारी बैकको आवश्यकता अपरिहार्य भएकोे धारणा राख्नुभयो । अन्तरक्रियामा सहकारी बैंकका सवालमा सहभागिले उठाएका प्रश्नको राष्ट्रिय सहकारी बैंकका प्रवन्ध संचालक के.वि उप्रेतीले जवाफ दिनुभएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !