प्रधामन्त्रीका कारण अविश्वास



बीरगन्ज, फागुन  २१ 

कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले दलहरुबीच अविश्वासको संकट बढनुमा प्रधानमन्त्री बाबुराम भटटराई प्रमुख दोषी रहेको आरोप लगाउनुभएको छ । बीरगन्जमा आज बिहान नेपाल प्रेस युनियन पर्साले गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री भटटराइले सेना समायोजन विशेष समितिको बैठक लामो सयम सम्म नबोलाएर दलहरुबीच अविश्वासको वातावरण बढाउन मद्धत गरेको बताउनुभयो । दलहरुबीच बढदै गएको अविश्वासले मुलुकलाई अन्यौलता तर्फ धकेल्ने उहाँले टिप्पणी थियो ।

संविधान निर्माणको डेटलाइन नजिकै आइसकेको भन्दै उहाँले दलहरुले विवादीत विषयमा राजनीतीक सहमति गरि निर्णायक कदम चाल्नु पर्ने सुझाव दिनुभयो । शान्ति प्रकृया टुंगोमा पुगेपछि मात्र कांग्रेसले सरकारको नेतृत्वमा दाबी गर्ने उहाँले भनाई थियो ।

Related

राष्ट्रिय 5269235738883148051

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item