दोलखामा यौनजन्य हिंसा बढ्दो

शेरबहादुर भुजेल
दोलखा,फागुन १९

पछिल्लो समय दोलखामा महिला हिंसाका घटना बढेको भन्दै स्थानीय सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना तथा मानवअधिकारको संरक्षण एवं सम्बद्र्धनमा स्थानीय तहमा कार्यरत सुरक्षा निकायबाट भएका काम कारवाहीको कार्यन्वयनको स्थिति बुझ्न दोलखा आएको गृह मन्त्रालयको टोलीलाई सरोकारवालाहरुले लैङ्गिक हिंसा बढेको भन्दै त्यसको न्युनीकरणका लागि आग्रह गरेका छन् । दोलखामा चालु आर्थिक वर्षको १० महिनासम्म मात्र ८२ वटा महिला हिंसासम्बन्धी उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

 गृह मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा दोलखा आएको मन्त्रालयको टोलिले स्थानिय प्रहरी प्रशासन र नागरिक समाजका तर्फबाट लैङ्गिक हिंसा न्युनिकरणका लागि भए गरेका गतिविधिका बारेमा जानकारी लिने उद्देश्यले आयोजित छलफल कार्यक्रममा दोलखाका महिला विकास अधिकृत मेरिना श्रेष्ठले महिलाहरु मानसिक र शारीरिक हिंसाबाट पिडित हुने क्रम बढेको जानकारी गराउनुभयो ।

 छलफलमा दोलखामा महिला पुर्नस्थापना केन्द्र र सुरक्षा गृह नहुँदा हिंसापीडित महिला तथा वालवालिकाहरुलाई सुरक्षित रुपमा राख्न नसकिएको, आर्थिक अभावका कारण हिंसा पीडितलाई उद्धार गर्न समस्या भएको, न्याय सम्पादनमा भएको ढिलाईका कारण पीडितले समयमै न्याय पाउन नसकेकोलगायतका समस्या रहेको जानकारी गराइएको थियो ।

Related

विविध 173330523663654233

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item