संघीयताकै कारणले संविधान बन्दैनः अध्यक्ष केसी



बागलुङ, फागुन  १९
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संघीयताकै कारण मुलुकमा संविधान नबन्ने निश्चितता भएको बताउनु दाबी गर्नु भएको छ ।

राष्ट्रिय जनमोर्चा बागलुङको चौथो जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै केसीले २ वर्षका लागि गठन भएको संविधानसभाले पटक–पटक म्याद थप गरेरपनि संविधान निर्माण गर्न नसक्नु राज्यको पुनसंरचना र शान्ति प्रक्रिया भएको बताउनुभयो । उहाँले बाकी ८६ दिनमा संविधान जारी गर्न संघीयताको मुद्धा खारेज गर्नुपर्ने बताउनुभयो ।

राज्य पुनसंरचना आयोगले बागलुङ जिल्लालाई ४ प्रदेशमा विभाजन गरेकोमा बिरोध गर्दै अध्यक्ष केसीले १ सय ३ थरी जाती भएको देशमा आठ दस वटा जातीको राज्य बनाउँदा मुलुकमा गम्भिर समस्या उत्पन्न हुने चेतावनी दिनुभयो ।

Related

राष्ट्रिय 7076725422508185407

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item