महिला पत्रकारलाई सुत्केरी बिदा देउ


काठमाडौं, फागुन १९  
प्रेस चौतारी नेपालले पूर्ण रुपमा श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको माग गरेको छ । वर्दियाको गुलरियामा सम्पन्न चौतारीको महिला भेलाले न्यूनतम पारिश्रमिकको सिफारीस अनुसार ऐन तुरुन्त व्यवहारिक रुपमा कार्यान्वयन गर्न माग गर्ने निर्णय गरेको हो ।

महिला भेलाले पत्रकार महिलामाथि हुने लैङगीक, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिकलगायतका हिंसाजन्य प्रबृत्ति, समाजको विकृति विसंगतिका रुपमा रहेको भन्दै हिंसाको पूर्ण अन्त्य गर्ने ब्यवस्था सहितको नयाँ संविधान जारी गर्न माग गरेको छ ।

पत्रकार महिलाहरु सुत्केरी भएको अवस्थामा भोग्नु परेको अवस्थालाई गम्भीररुपमा मनन गर्दै भेलाले सरकारी संघ संस्था तथा सरकारी मिडियामा स्थायीरुपमा कार्यरत पत्रकार महिलाकै सरह अन्य निजी सञ्चारगृहले पनि सुविधा प्रदान गराउनुपर्ने माग गरेको आज जारी विज्ञप्तीमा उल्लेख छ ।

Related

विविध 6094274831354304838

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item