एमालेले परिषद् बैठकमा सहभागी हुनेको नाम आज टुङ्गो लगाउने

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_03.html
काठमाण्डौ,फागुन २०
नेकपा एमालेले भोलिदेखि हुने राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सहभागी हुने बाँकी सदस्यहरूको नामावली आज टुंङ्गो लगाउने भएको छ । आज बिहान ११ बजेपछि बस्ने स्थायी समिति बैठकले नाम टुङ्गो लगाउने भएको हो । निर्वाचित भएका आउने प्रतिनिधि सङ्ख्यामा पाँच प्रतिशत, हरेक निर्वाचन क्षेत्रबाट १ देखि ३ महिलासहितको नाम स्थायी समितिले चयन गर्ने छन् ।
यसैगरी एमालेले राजधानीमा तीन दिनसम्म हुने परिषद् बैठकको सम्पूर्ण तयारी भइसकेको जनाएको छ । पहिलोपटक हुन लागेको प्रतिनिधि परिषद् बैठकबारे जानकारी दिन एमालेले आज दिउँसो पत्रकार सम्मेलन गर्दै छ । परिषद् बैठककै सन्दर्भ पारेर एमालेले भोलि राजधानीमा जनप्रदर्शन गर्दै छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !