मस्जिदस्जिद बनाउने बिषयमा लहानमा झडप

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_6589.html
सिरहा, फागुन १७
मस्जिद विवादलाई लिएर सिराहाको लहान नगरपालिका–५ मा दुई समूहवीच बिवाद हुँदा झडप भएको छ । झडपमा तीन जना घाईते भएका छन् । हनुमान मन्दिर नजिक बनाउन लागेको मस्जिदको बिषयलाई लिएर स्थानीय हिन्दू र मुस्लिम समुदायका वीच झडप भएको हो । झडपमा प्रहरी हवलदार लालबहादुर थापा, स्थानीय सुलेमान अन्सारी र मुरतुजा मियाँ घाइते भएका छन् । जाम–ए–अबुलबकर रजि. सोसाईटी नामक संस्थाका सदस्यहरुले हनुमान मन्दिर नजिक जबरजस्ती मस्जित बनाउन खोजेपछि झडप भएको थियो ।
हनुमान मन्दिर नजिक मस्जिद बनाउदा भविस्यमा साम्प्रदायिकता हुन सक्ने भन्दै मस्जिद नबनाउन स्थानीयले आग्रह गरेका छन् । देउवन्दी मुस्लिम समुदायका सदस्यहरुले हनुमान मन्दिर नजिक मस्जिद बनाउने अडान नछाडे पछि हिन्दू र मुस्लिम समुदायका बीच झडप भएको हो । स्थानीय सुन्नी समुदायका मुसलमान र हिन्दू धर्मका प्रतिनिधि बीच दुई दिन अघि भएको छलफलमा मस्जिद हनुमान मन्दिर नजिक नबनाउने सहमति भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !