प्रचण्डले कमाण्डर नछाडोको भए अहिल्य मेजर हुने:गजुरेल

सिन्धुली, फाल्गुन १९ 


माओवादी सचिव सीपी गजुरेलले अध्यक्ष पुष्पकमल दाहालले माओवादी सेनाका सुप्रिम कमाण्डर नछोडेको भए अहिले सेना समायोजन हुँदा मेजरको पद पाउने वताउनुभएको छ ।
सिन्धुली जिविसको सत्रौं जिल्ला परिषदमा शुक्रबार बोल्दै सचिव गजुरेलले सेना समायोजनको विषयमा चर्चा गर्दै उक्त कुरा बताएका हुन् । अहिले मेजरसम्मको पद दिने गरि समायोजनको खाका ल्याउन लागिएको छ ।
'त्यो मान्य हुँदैन्, । हाम्रो अध्यक्ष प्रचण्डले प्रधानमन्त्री हुँदा  सुप्रिम कमाण्डर नछोडेको भए अहिले मेजर हुन्थे, यस्तो अपमानजनक समायोजन पनि कहिं हुन्छ,' सचिव गजुरेलले आक्रोसित हुँदै भन्नुभयो । 
माओवादी सेनाको छुट्टै निर्देशनालय हनुपर्ने र सम्मानजनक दर्जा निर्धारण नभए आफ्नो पार्टीलाइ मान्य नहुने उनले जिकिर गर्नुभयो ।  'सशस्त्र बनाएर सम्मानजनक समायोजन हुनुपर्छ अन्यथा आत्मसमर्पण गरेको ठहर्छ त्यो मान्य हुँदैन,' उनले थपे । आमुल परिवर्तन हुने संविधान र सबै समस्याको समाधान हुने शान्ति मात्र माओवादीले खोजेको सचिव गजुरेलको भनाइ थियो ।
प्रधानमन्त्री सिन्धुलीबाट रौतहट प्रस्थान गरेको केही समयपछि आइपुगेका सचिव गजुरेलले पश्चिम सेतीको सम्झौता गरेर सरकारले राम्रो काम गरेको वताउनुभयो ।  

Related

राष्ट्रिय 5394459524220495361

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item