महोत्तरीमा वन्चरो प्रहारवाट श्रीमतीको हत्या

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_5845.html
महोत्तरी,फागुन १९
महोत्तरी माइस्थान-५ शेरुमा एक व्यक्तीले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। ४६ वर्षीय इन्द्रबहादुर मोक्तानले गएराती ४० वर्षीया श्रीमती सुकुमाया मोक्तानको टाउकोमा बञ्चरो प्रहार गरी गम्भिर घाइते बनाएपछी उपचारका लागि अस्पताल लाँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको हो।
प्रहरीका अनुसार अत्याधिक मदिरा सेवन गरेका इन्द्रबहादुरले बञ्चरो प्रयोग गरी आत्महत्या गर्ने प्रयास गर्दा छुटाउन गएकी श्रीमती सुकमायाललाई नै आक्रमण गरेका थिए। श्रीमतीको हत्या अभियोग लागेका इन्द्रबहादुरलाई गएराती नै प्रहरीले नियन्त्रण लिएको छ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !