रौतहटमा प्रहरीद्वारा मदिरा भट्टी नष्ट


रौतहट, फागुन १८

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीको टोलीले जिल्लाका दुई स्थानमा अवैध रुपमा सञ्चालित मदिरा भट्टी तोडफोड गरेका छन् ।  प्रहरी टोलीले ठूलो परिमाणमा घरेलु मदिरासमेत बरामद गरेको छ । जिल्लाको लक्ष्मीपुर बेलबिच्वा गाविस–७ र ब्रम्हपुरी ७ मा रहेका मदिरा उत्पादन गर्ने दुईवटा भट्टी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक ललन कुर्मीले बताउनुभयो ।

 प्रहरीले ३ सय ५० लिटर मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र आठ सय लिटर तयारी मदिरा बरामद गरेर ल्याईएको प्रहरीले जनाएको छ । ती स्थानमा भट्टी सञ्चालन गर्नेहरु भने प्रहरी गाँउमा गएको थाहा पाउना साथ भागेका छन् । यसैबीच  जिल्ला वन कार्यालय रौतहटले हतियार लिएर जंगल प्रवेसमा रोक लगाएको भएपनि काँचा दाउरा अर्थात हरियो रुख काट्नेहरुको संख्यामा कमि आउन सकेको छैन ।

 राजमार्ग छेउको जंगलबाट दाउरा काटेर स्थानीय व्यापारीहरुले गौर, वीरगंज लगाएतका स्थानका विक्री वितरण गर्ने गरेका छन् । चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेका साना होटल तथा पसलहरु अगाडी राखिने दाउरा रातको  समयमा पूर्व तथा पश्चिमबाट आउने सवारी साधनहरुले किनेर लाने गरेका छन् । 

Related

समाचार 6791563940626256501

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item