जिल्ला स्वास्थ्य कार्यालयमा लाखौको भ्रष्टाचार

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_9560.html
राखी कुँवर,
डोटी,फागुन २०
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले लाखौको भ्रष्टाचार गरेको खुलासा भएको छ । डाक्टर भवानी शर्माले औषधी खरिद तथा ढुवनी तथा विनिन्न शिर्षकमा भ्रष्टाचार गरेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीसहित कर्मचारीका संगठनका प्रमुखले विहिवार जिल्ला प्रशासनमा कारवाहीको माग गरेपछि उहाँले भ्रष्टाचार गरेको खुलासा भएको हो । औषधी खरिदका लागि ४९ लाख ९२ हजारमध्ये १ लाख ५० हजार महामारी र ४२ हजार अन्य औषधीमा खर्च गरेर बाँकी ३८ लाखको टेन्डरगर्नु पर्ने भएपनि डाक्टर भवानी शर्माले भने एकै शिर्षकमा आएको रकम विभाजन गरि ३३ लाख मात्रको टेन्डर आवान गरेको बताइएको कर्मचारी सगठनले आरोप लगाएका छन ।
डाक्टर भवानीले जिल्लामा स्वास्थ्यमा गुणस्तरीय काम नगरेको र आर्थिक अनियमितता गरेको बारे जिल्ला प्रशासन कार्यालयमा असल शासन क्लव जिल्ला समन्वय समिति, कर्मचरी संगठन, र युवा संघ नेपालले कारबाहीका लागि ज्ञापनपत्र दिएका थिए भने । आर्थिक अनियमितताका बारेमा अख्तियारमा समेत उजुरी परेको त्यसका आवश्यक छानविन भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुवरले बताउनु भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !