सञ्चारिद्वारा पत्रकार पुरस्कृत

काठमाडौँ,  वैशाख १८ । 


महिला पत्रकार तथा सञ्चारकर्मीहरुको साझा मञ्चकारुपमा रहेको सञ्चारिका समूह नेपालले आफ्नो १६ औँ स्थापना दिवसका अवसरमा विभिन्न सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ ।
राजधानीमा आज आयोजित समूहको १६ औँ स्थापना दिवस तथा पाँचौ महाधिवेशनका क्रममा यसवर्षको १५ हजार नगद र प्रमाणपत्रसहितको ‘सञ्चारिका समानता पुरस्कार’बाट पत्रकार दीपक सापकोटालाई सम्मानित गरिएको छ । 
यसैगरी सातहजार १ सय ११ नगद र प्रमाणपत्रसहितको ‘स्वर्गीय उमासिंह पत्रकारिता पुरस्कार’बाट लमजुङकी पत्रकार पे्रमकुमार घले तथा सम्मानपत्रसहितको ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’बाट पत्रकार रुबी रौनियार र देवकी विष्टलाई सम्मान गरिएको छ ।

Related

विविध 5218608713092772928

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item