भुटानी शरणार्थीको पुनः दर्ता गरिने
http://sindhulidarpan.blogspot.com/2012/04/s_5573.html
दमक, वैशाख १७ ।
सरकारले भुटानी शरणार्थीहरूको पुनः दर्ता प्रक्रिया अघि बढाएको छ । गृहमन्त्रालयले सो कार्यका लागि मन्त्रालयका उपसचिव शम्भुप्रसाद घिमिरेको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको छ । सो टोलीले आजैदेखि शिविरमा काम सुरु गर्ने जनाइएको छ । मन्त्रालयले भुटानी शरणार्थी समन्वय इकाईका निर्देशक तथा झापाका प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार पत्रमार्फत सोसम्बन्धी जानकारी गराएको छ ।

पहिचान तथा राहतको माग गर्दै पाँच दिनदेखि भुटानी शरणार्थी शिविर बेलडाँगीमा अनशनमा बसेका महिलालाई अनशन तोड्न आग्रह गर्दै मन्त्रालयको निर्णयबारे जानकारी गराइएको छ । अनशनकारीले भने समितिले अनशनस्थलबाटै कार्य प्रारम्भ नगरेसम्म आमरण अनशन नतोडिने जनाउ दिएका छन् । राहत वञ्चित पीडित शरणार्थी महिला समूहकी संयोजक दुर्गा विष्टले सरकारले आफूहरूलाई सम्बोधन हुनेगरी पत्र पठाउनुपर्ने र काम अनशनस्थलबाटै सुरु हुनुपर्ने माग गर्नुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !