गाविस सचिवमाथि कारबाही
http://sindhulidarpan.blogspot.com/2012/04/s_6583.html
बर्दिवास, वैशाख १८ ।
महोत्तरी जिल्लाका पाँच गाविस सचिव कारबाहीको फन्दामा परेका छन् । स्थानीय निकायमा व्यापक भ्रष्टाचार भइरहेको आमगुनासो बढिरहेका बेला जिल्लाका पाँचजना सचिवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा कारबाही सुरु गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाका बथनाहा र भटोलिया गाविसका सचिव श्यामसुन्दर प्रसाद सिंह, मेघनाथ गोरहन्नाका देवेन्द्र चोधरी, खोपी र रामगोपालपुरका मोहन भगत, बनोली दनोलीका शत्रुधन मिश्र र हरिहरपुर हरिनमरिका सचिव देवनारायण यादवमाथि आर्थिक अनियमितताको आरोपमा कारबाही सुरु गरिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो ।

पाँचैजना सचिवले आफू कार्यरत गाविसको सामाजिक सुरक्षा शीर्षकको रकम हिनामिना गरेका, जनजाति जेष्ठ नागरिक, विकलाङ र महिलाका लागि किटान गरिएको बजेट शीर्षकको रकम दुरुपयोग गरेको र विकास निर्माणका लागि सरकारी अनुदान रकम हिनामिना गरेको पाइएकाले कारबाही बढाइएको हो । यीसँगै व्यापक जनगुनासो आएका अन्य २२ गाविस सचिवबारे छानबिन सुरु गरिएको प्रजिअ कँडेलले बताउनुभयो । जिल्लामा सरकारी रकम दुरुपयोग गर्दा केही हुँदैन भन्ने मान्यता मौलाई रहेका बेला सुरु भएको यो कारबाही प्रक्रियाले जनतामा सकारात्मक चासो जगाएको यहाँ बुद्धिजीवीहरुले बताएका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !