गुगलले ट्याब्लेट र फेसबुकले स्मार्टफोन ल्याउने

राजन लम्साल,काठमाण्डौ ।
ट्याब्लेटको प्रतिस्पर्धामा अब इन्टरनेटको बादशाह गुगल र स्मार्टफोनमा सोसियल मिडियाको हस्ती फेसबुक उत्रने भएका छन् | गुगलको ट्याब्लेट आउँदो जुलाई महिनामा आउने डिजीटाइम्सले स्रोतहरुलाई उद्धृरत गर्दै जनाएको छ। तेसैगरि अर्को वर्ष सन् २०१३ सम्ममा फेसबुकले स्मार्टफोन उत्पादन गर्ने योजना बनाएको छ ।



गुगलको ट्याब्लेट सात इञ्चको हुने र सुरुमा ६ लाख वटा बजारमा जाने बताइएको छ। एसुटेक कम्प्युटरको सहयोगमा गुगलले यो ट्याब्लेट बनाएको हो। यसअघि गुगलका अध्यक्ष एरिक स्मिडले छ महिनाभित्र एन्ड्रोइड अपरेटिङ सिस्टम भएको ट्याब्लेट बजारमा आउने बताएका थिए। स्मार्टफोनमा गुगललेनले यस अघि नै मोटोरोला कम्पनी खरिद गरेर स्मार्टफोनको उत्पादन गरिरहेको छ |

हार्डवेयरको क्षेत्रमा गुगलको सफलताबाट हौसिएको सामाजिक संजाल फेसबुकले पनि ‘हार्डवेयर गेम’मा हात हाल्ने भएको छ । फेसबुकले आफ्नै स्मार्टफोन उत्पादन गरी हार्डवेयरको उत्पादनमा समेत हात हाल्ने बताइएको छ । स्मार्टफोन उत्पादनको योजना अनुरुपनै फेसबुकले पछिल्लो समयमा एप्पल कम्पनीमा आइफोन तथा आइप्याडमा काम गरेका केही दक्ष हार्डवेयर तथा सफ्टवेयर इन्जिनियरहरुलाई भित्राएको छ ।

फेसबुक संस्थापक मार्क जुकरबर्गले स्मार्टफोन उत्पादनका लागि भित्राइएका इन्जिनियरहरुसँग छलफललाई तिब्रता दिएर यसको मोडलका विषयमा कुराकानी गरिरहेको बताइएको छ । स्मार्टफोन उत्पादन गर्ने बारे बजारमा आएका खबरलाई फेसबुक आफैले भने न त खण्डन गरेको छ, न त स्विकार नै गरेको छ ।

हालै शेयर बजारमा गएपछि एकाएक असफलता भोगिरहेको फेसबुकले हार्डवेयरमा समेत हात हालेर आफ्नो भाउ बढाउने प्रयत्न गर्न लागेको विश्लेषकहरु बताउँछन् । केबल सफ्टवेयरमा मात्र सिमित भएमा फेसबुक अन्य मोबाइल प्रयोगकर्ताको खेलौना जस्तो हुने भन्दै मार्क जुकरबर्गले आफ्नै स्मार्टफोन उत्पादन गर्ने सोँच बनाएका बताइन्छ । श्रोत:लिभिङ विथ आईसीटी 



Related

प्रविधि 7730425858898991008

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item