भगौडा कर्मचारीको सुची तयार

http://sindhulidarpan.blogspot.com/2012/05/s_8317.html
मिनकुमार दाहाल,सिन्धुली,जेठ १६ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले ग्रामिण क्षेत्रमा रहेको उपस्वास्थ्य चौकीमा काम गर्ने गएका केही स्वास्थ्य कर्मीहरु वेपत्ता र भगौडा भएको भन्दै उनीहरुको सुची तयार पारेको छ । ग्रामिण क्षेत्रमा दरवन्दी भएका स्वास्थ्य कर्मीहरु जिल्ला स्वास्थ्य कार्यालयको सम्पर्कमा आउन छाडे पछि कार्यालयले अनुगमन गरेको थियो । उपस्वास्थ्य चौकीमा दरवन्दी भएका स्वास्थ्य कर्मीहरु कार्यक्षेत्रमा नपाए पछि वेपत्ता र भगौडाको सुची जिल्ला स्वास्थ्य कार्यालयले तयार पारेको जिल्ला स्वास्थ्य कार्यालय प्रशासन शाखा अधिकृत लुम्बनाथ पोखरेलले वताए । सम्वन्धीत गाविसका जनताले पटक पटक उपस्वास्थ्य चौकीमा स्वास्थ्य कर्मीहरु वस्न छाडेको उजुुरी पनि दिएको शाखा अधिकृत पोखरेलले वताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयले अहेव दिलिपकुमार यादव सुम्नामपोखरी उपस्वास्थ्य चौकी र कपिलाकोट स्वास्थ्य केन्द्र दरवन्दी भएकी स्टाफ नर्स प्रतिक्षा ढकाललाई वेपत्ताको सुचिमा राखेको छ । उनीहरुलाई लामो समय देखी कार्यक्षेत्रमा नभेटीएको पोखरेलले वताउनुभयो । त्यसै गरी जिल्ला स्वास्थ्य कार्यालयले तयारपारेको भगौडाको सुचीमा अहेव रामनन्दन मण्डल उपस्वास्थ्य चौकी महादेवडाडा,अहेव वृजविहारी सिंह कुशेश्वर उपस्वास्थ्य चौकी दुम्जा,अहेव विनोद साह जरायोटार उपस्वास्थय चौकी,अहेव रामेश्वर यादव उपस्वास्थ्य चौकी ग्वालटार,अहेव हरिसुन्दर यादव उपस्वास्थ्य चौकी ककुरठाकुर रहेका छन् ।
यसै गरी अहेव गोविन्द कुवँर उपस्वास्थ्य चौकी तामाजोर वस्दैनन् । कार्यक्षेत्रमा थोरै समय वसी वाँकी समय घर भाग्ने स्वास्थ्य कर्मीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले भगौडाको सुचीमा राखेको जिल्ला स्वास्थ्य कार्यालयका प्रशासन शाखाका अधिकृत लुम्बनाथ पोखरेलले वताए । भगौडाहरु स्वास्थ्य कार्यालयको लेखा शाखामा तलव भत्ता वु्झ्न आउछन् । वेपत्ताको सुचीमा रहेका स्वास्थ्य कर्मीहरु कार्यालयमा तलव वुझ्न पनि नआउने गरेको पोखरेलले वताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयले उनीहरुको वारेमा स्वास्थ्य सेवा विभागमालाई जानकारी गराएको छ ।
स्वास्थ्य कार्यालय सिन्धुलीको दबावमा सरुवा गरिएका खोप सुपरभाइजरलाई दिपेन्द्रकुमार रायलाई स्वास्थ्य विभागले पुन सरुवा गरेर सिन्धुली पठाएकोमा पोखरेलले आपत्ती जनाउनुभयो । खोप सुपरभाइजर राय कार्यालयमा नियमित नवस्दा खोप कार्यक्रम प्रभावित हुने गरेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !