पुफा कप फुटबल प्रतियोगिता पाँचखालमा

प्रकाश सुन्दास, काभ्रे,जेठ १६ । कृषि भण्डारको रुपमा चिनिएको पाँचखालमा काभ्रे जिल्लाकै ठूलो धनराशी भएको पुफा कप फुटबल प्रतियोगिता हुने भएको छ । यही १८ गतेदेखि चल्ने प्रतियोगिताको २७ गते समापन गरिने छ । 

आयोजक पाँचखाल यूनाइटेड फुटबल एसोसिएसन (पुफा) ले आज सरदमुकाम धुलिखेलमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार प्रयोगितामा ८ वटा टिम सहभागी हुनेछन् । प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टिमले ५० हजार नगद र ट्रफी, मेडलका साथै प्रमाणपत्र प्राप्त गर्ने  छ । प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख ७५ हजार खर्च हुने पुफाका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिनुभयो ।  

Related

प्रमूखखबरहरु 130140230937956048

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item