भाञ्जाको बलि दिएको घटनाको किटानी उजुरी परेन

रौतहट,जेठ १६ । बोक्सी विद्या सिक्ने अन्धविश्वासमा एक महिलाले आफ्नै भाञ्जाको हत्या गरेको भएपनि अहिलेसम्म  हत्याको जाहेरी प्रहरीमा पर्न सकेको छैन । रौतहटमा हुने अधिकांश हत्याका घटनामा पीडक र पीडित मिल्ने गरेको समाचार बाहिर आइरहेका बेला ठूलै चर्चा पाएको यो घटनाको समेत किटानी जाहेरी नपर्नुले शङ्का उब्जाएको छ । 


घटनाकी अभियुक्त जिल्ला प्रहरी कार्यालय गौरमा हिरासतमा रहेको र घटना भएको एक साता बित्न लाग्दासमेत किटानी जाहेरी दिन पीडित पक्ष नआएको प्रहरी उपरीक्षक ठूले राईले बताउनुभयो । घटना विवरणअनुसार रौतहटको समनपुर वडा नम्बर–८ मा बागमती नदीको किनारको टोकार घाटमा तीन वर्षीय बालक नितेश राय यादवको शव फेला परेको थियो । 

Related

विविध 5052482789183276334

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item