भाइको कुटाईबाट दाजुको ज्यान गयो

http://sindhulidarpan.blogspot.com/2012/05/s_124.html
रुपन्देही,जेठ १६ । रुपन्देहीको गंगोलिया गाविस स्थित वडा नं. ५ जमुहानी गाउँमा आफ्नै भाइको कुटाईबाट दाजुको ज्यान गएको छ । पारिवारिक विवादका कारण ४० बर्षीय दुखे हरिजनको आफ्नै भाइ बौदल हरिजनको कुटाईबाट आज बिहान ज्यान गएको स्थानियले बताएका छन् ।
मृतक हरिजनको शरीरका विभिन्न भागहरुमा निलडाम र घाउहरु देखिएका छन् । मृतक हरिजनको शव पोष्टमार्टमका लागि अहिले लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको प्रहरी चौकी मंगलापुरका प्रमुख प्रहरी सहायक निरीक्षक युवराज पाण्डेले बताउनुभयो । घटनामा सम्लग्न मृतकका भाइ बौदल हरिजन भने फरार रहेको प्रहरी सहायक निरीक्षक पाण्डेले बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !