ताम्सालिङ दलको आरोप

काठमाण्डौ,जेठ १६ । ताम्सालिङ नेपाल राष्ट्रिय दलले प्रमुख तीन दलका नेताहरूको यथास्थितिवादी, सोच, अवरोध र असक्षमताका कारण गणतान्त्रिक नेपालको संविधान जारी हुन नसकेको जनाएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी दलले २०६२÷२०६३ को जनआन्दोलनको मर्म र भावना तथा नेपाली जनताको अपेक्षा विपरीत दलहरूले संविधानसभा विघटन गराएको आरोप पनि लगाएको छ । 

पत्रकार सम्मेलनमा अध्यक्ष परशुराम तामाङले मुख्य दलहरूले सहमतिको नाममा मुलुकलाई नै बन्दी बनाएको आरोप लगाउँदै फेरि पनि सत्ताको खेलमा लागेर जनतालाई भ्रम छर्न दाउमा लागेको बताउनुभयो । सङ्घीयतामा जान नचाहने शक्तिको विरोधमा सबै जनता एकजुट भएर आन्दोलनमा उत्रनुको विकल्प नभएको पनि उहाँले बताउनुभयो । संविधानसभा विघटन भएको दिन नेपालको इतिहासमा कालो दिनको रूपमा रहेको ताम्सालिङले दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related

विविध 2143855344019418724

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item