काङ्ग्रेस, एमाले लगायतका दल आज पनि संयुक्त छलफलमा

काठमाण्डौ,जेठ १६ । संविधानसभाको चुनाव घोषणा गर्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्णयलाई असंवैधानिक भएको दाबी गरिरहेका नेपाली काङ्ग्रेस, नेकपा एमाले, मधेसी जनअधिकार फोरम नेपाल लगायतका राजनीतिक दलहरु आज पनि छलफलमा जुट्ने भएका छन् । भट्टराई सरकारको विरुद्ध मोर्चाबन्दीमा उत्रिएका उनीहरूले आज विरोधका कार्यक्रमसम्बन्धी साझा धारणा बनाउने बताएका छन् ।

 अहिले केहीबेरमा काङ्ग्रेस केन्द्रीय कार्यालय ललितपुरको सानेपामा उनीहरूको बैठक बस्दै छ । प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने काङ्ग्रेसलगायतका दलहरूको माग छ । नयाँ रणनीति बनाउन बनाउनका लागि काङ्ग्रेस र एमालेले आन्तरिक छलफललाई पनि तीब्र पारेका छन् । यसैबीच नयाँ परिस्थितिका विषयमा छलफल गर्न काङ्ग्रेस नेता शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूले आज अलग्गै छलफल गरेका छन् । 

Related

विविध 4289825747851730584

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item