संविधानसभा विघटन भएकोमा मुनको चिन्ता

काठमाण्डौ,जेठ १६ । नयाँ संविधान जारी हुन नसकी संविधानसभा विघटन भएकोमा संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले चिन्ता व्यक्त गर्नुभएको छ । महासचिव मुनको प्रवक्ताले आज जारी गर्नुभएको विज्ञप्तिमा संविधानसभा विघटन भएको घटनाले नेपाली जनतामा देखिएको निराशाप्रति सहानुभूति व्यक्त गरिएको छ । 

संविधानसभा विघटन भएपछि देखिएको राजनीतिक सङ्कट र चुनौतीबाट देशलाई मुक्त पार्न नेपालका दलहरूले हिम्मत र विवेश प्रदर्शन गर्नुपर्ने पनि मुनले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । महासचिव मुनले वृहत् शान्ति सम्झौताको भावनाअनुसार नै प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गर्दै अहिलेसम्मका सबै उपलब्धिको सुरक्षा गर्न पनि दलहरूलाई आग्रह गर्नुभएको छ । 

Related

विविध 7483725489022784139

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item