मोर्चाद्धारा मधेस बन्द आह्वान
http://sindhulidarpan.blogspot.com/2012/05/s_1257.html
जनकपुरधाम,जेठ २ ।
बृहत मधेसी मोर्चाले आह्वान गरेको एक दिने मधेस बन्दका कारण जनकपुर लगायत यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । विभिन्न समूहले बारम्वार गर्दै आएको बन्दले यस क्षेत्रको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
पहिचान सहितको सँघीय सँविधान जारी गर्नुपर्नेे, समावेशी अध्यादेश लागु गर्नुपर्ने, बिगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका माग अघि सार्दै मोर्चाले आज मधेस बन्दको आह्वान गरेको हो । बन्दका कारण विहानै देखि जनकपुरबाट छुटने छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन भने शिक्षणसँस्था, पसल, बजार पनि पूर्ण रुपमा ठप्प छन् । मोर्चाका कार्यकर्ताहरु जनकपुरका चौकचौकमा टायर बालेर प्रदर्शन गरेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !