अग्नि एयरको विमान दुर्घटना, १२ भन्दा बढिको मृत्यु

 पोखरा,जेठ १ । 
पोखरावाट मुस्ताङ्गका लागि उडेको अग्नि एयरको विमान दुर्घटनाग्रस्त हुँदा १२ जनाभन्दा धेरै यात्रुको मृत्यु भएको छ । नाईनएन एआईजी विमान अवतरण गर्ने क्रममा पाङग्रा ननिस्किएपछि अवतरण नगरी उडेको विमान विमानस्थल माथिको डाँडामा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

 प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाग्रस्त विमानवाट ५ जनाको उद्धार गरिएकोछ । उद्वार गरिएका मध्ये केहीको अवस्था गम्भीर छ । उद्वार गरिएका घाइतेहरुलाई उपचारको लागि पोखरा ल्याउन थालिएको छ । विमानमा चालक दलका ३ सहित २१ यात्रु सवार थिए  यात्रुमध्ये १२ जना भारतीय, १ जना नेपाली  रहेको बताइएको छ । दुर्घटना बारेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Related

राष्ट्रिय 9035246477616649160

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item