हिउँ चितुवा फेला पर्ने क्रम जारी

http://sindhulidarpan.blogspot.com/2012/05/s_1606.html
ताप्लेजुङ,वैशाख ३१ ।
विश्वमानै दुर्लभ मानिएको हिउँ चितुवा ताप्लेजुङमा धमाधम देखा पर्न थालेको छ । पछिल्लो समयमा ताप्लेजुङको उत्तरी क्षेत्रमा दुई वटा दुर्लभ हिउँ चितुवा फेला परेका छन् । उत्तरी कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनामा राखिएको क्यामेरा ट्रयापममा दुई हिउँ चितुवा फेला परेका हुन । पछिल्लो समयमा लेलेप– ९ राम्देन शिरमा एउटा हिउँ चितुवा नाउर मारेर खाँदै गरेको अवस्थामा क्यामेरामा कैद भएको छ ।
त्यसअघि पेमादिन, खम्बोचन क्षेत्रमा तीन महिनाअघि नेपालमै पहिलो पटक एउटा हिउँ चितुवा क्यामरा ट्रयापमा परेको थियो । कञ्चनजंघा संरक्षण क्षेत्रले याम्फुदिन राम्जेल ब्लक, घुन्सा क्षेत्रको घुन्सा भ्याली, याङमा भ्याली र गोला भ्यालीमा हिउँ चितुवा पाइने कञ्चनजंघामा संरक्षण क्षेत्र आयोजनाका वरिष्ठ संरक्षण अधिकृत गङगाराम सिंह दनुवारले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !