दुई थान बन्दुक बरामद

http://sindhulidarpan.blogspot.com/2012/05/s_1491.html
रौतहट,वैशाख ३१ ।
रौतहटको कनकपुर गाबिसबाट प्रहरीले सुराकीका आधारमा स्थानीय बासिन्दाको घरमा छापा मारेर दुई थान बन्दुक बरामद गरेको छ । स्थानीय केही गाँउलेहरुले बन्दुक राखेको आशंकामा प्रहरीले छापा मार्दा २ थान बन्दुक फेला परेको हो । बन्दुक राखेको घरका धनी भने फरार भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रामनारयण माझिले बताउनु भयो । रौतहटमा पछिल्लो पटक लामो तथा छोटा, साना हतियारको बिगबिगी बढेका कारण छापा मारिएको प्रहरी निरीक्षक माझिको भनाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !