पुरै गाउँ नागरिकताविहिन

http://sindhulidarpan.blogspot.com/2012/05/s_2660.html
शुक्रराज लामा,
सर्लाही,वैशाख ३१ ।
सर्लाही पत्थरकोट ७ हिरापुरमा रहेको मुसहर टोलका मुसहरहरुले नागरिकता नपाएको तथ्य खुलेको छ । ४० वर्ष भन्दाबढि समयदेखि बसोबास गर्दै आएका अधिकांशले नागरिकता नपाउदाँ राज्यबाट पाउने हरेक सेवा र सुविधाबाट बञ्चीत हुनुपरेको छ । आफ्नो नागरिकता नहुदाँ छोराछोरीको नागरिकता र नातीनातिनीले पढ्न नपाएको ६० वर्षीय बुदन सदाले दुखेसो व्यक्त गर्नुभयो ।
आफूहरुले पटकपटक नागरिकताको लागि गाविसबाट सिफारीस लिएको भए पनि नागरिकता बनाउनका लागि ५ देखि १० हजार रुपैया सम्म माग गर्ने गरेका अर्का ४२ वर्षीय रोहित सदाले बताउनुभयो । नागरीकताको लागि आवश्यक पर्ने हरेक कागजात पु¥याएको भएता पनि नागरिकता लिने बेला पैसा मागेपछि अहिलेसम्म नागरिकता नलिएको उहाँले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !