‘एमालेका दुई नयाँ प्रस्ताव’

http://sindhulidarpan.blogspot.com/2012/05/s_4511.html
काठमाडौं, वैशाख ३० ।
राज्य पुनर्संरचनाका विषयमा दलहरुका वीच विवाद भईरहेका समयमा एमालेले सहमतिका लागि दुई नयाँ प्रस्ताव अघि सारेको छ । एमाले स्थायी समितिको आज सिंहदरबारमा बसेको बैठकले राज्य पुनर्संरचनामा ८ वा ११ प्रदेशको प्रस्ताव अघि सारेको सचिव शंकर पोखरेलले जानकारी दिनुभयो । । उहाँले भन्नुभयो , ‘बहुपहिचानमा आठ र साझा संघीय प्रदेशको हकमा एघार प्रदेशको प्रस्ताव ल्याएका छौं ।’

बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै उहाँले सम्भवत एघार प्रदेशमा दलहरुका वीच सहमति हुन सक्ने वताउनुभयो । बहुपहिचान भए आठ एवं साझा नाम सहितको संघीय राज्यमा ११ प्रदेश बनाउन सकिने एमालेको सो प्रस्तावमा अन्य दलसँग छलफल गरेर सहमतिको प्रयास गरिने छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !