दुई निरीक्षक र परीक्षार्थी निष्काशित

http://sindhulidarpan.blogspot.com/2012/05/s_9342.html
राजविराज, वैशाख ३१ ।
उच्च माध्यमिक शिक्षा परिषद्द्वारा आजबाट सञ्चालित कक्षा ११ को परीक्षामा अमर्यादित कार्य गरेको आरोपमा सप्तरीबाट दुईजना निरीक्षकका साथै ४४ जना परीक्षार्थी निष्काशित भएका छन् ।
उच्च माध्यमिक शिक्षा परिषद्द्वारा आजबाट सञ्चालित कक्षा ११ को परीक्षामा अमर्यादित कार्य गरेको आरोपमा सप्तरीबाट दुईजना निरीक्षकका साथै ४४ जना परीक्षार्थी निष्काशित भएका छन् ।
परीक्षामा अमर्यादित क्रियाकलाप गरेकाले उनीहरुलाई निष्काशित गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । सो कार्यालयले दिएको जानकारीअनुसार निष्काशित गरिएका निरीक्षकहरुमा राजदेवी मावि परीक्षा केन्द्रका निरीक्षक मनोज यादव र सञ्जय झा रहेका छन् ।
यसैगरी राजदेवी माविबाट २३ जना, ह्याप्पील्याण्ड उच्च माविबाट सातजना, पवि उच्च माविबाट सातजना, राजविराज मोडेल क्याम्पसबाट चारजना र केअ माविबाट तीन जना परीक्षार्थी निष्काशित भएका जिल्ला शिक्षा कार्यालयका वीरेन्द्रकुमार चौधरीले जानकारी दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेको नेतृत्वमा जिल्ला शिक्षा समन्वय समितिको टोलीले परीक्षाको अनुगमन गरेको थियो । आजको परीक्षा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको समन्वय समितले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !