सुकुम्वासीलाई हिमाल सिमेन्टको जग्गामा बस्न दिइने :प्रम

http://sindhulidarpan.blogspot.com/2012/05/s_4906.html
काठमाडौँ, वैशाख ३१ ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईले थापाथली क्षेत्रबाट हटाइएका सुकुम्वासीलाई अर्को व्यवस्था नभएसम्म तत्कालका लागि चोभारस्थित हिमाल सिमेन्टको जग्गामा बस्न आग्रह गर्नुभएको छ । थापाथलीस्थित प्रसूतिगृह पछाडि केही दिनअघि भत्काइएको सुकुम्वासीबस्तीमा आज पुग्नुभएका प्रधानमन्त्री डा भट्टराईले वैकल्पिक व्यवस्थासहित सुकुम्वासीबस्ती खाली गर्ने सरकारको नीति भए पनि बस्ती हटाइसकिएकाले उनीहरुलाई तत्काल सो स्थानमा गएर बस्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री डा भट्टराईले सरकारले वास्तविक सुकुम्वासीको पहिचान गर्न लगत सङ्कलन गर्ने कार्यमा सुकुम्वासीका प्रतिनिधिले सहयोग नगरेकाले अहिले यो स्थिति आएको हो भन्नुभयो । ‘सरकारले तीन महिनाको रु १५ हजार भाडासहित सुकुम्वासीबस्ती खाली गराउन तयारी गर्दासमेत सहयोग भएन’– उहाँले भन्नुभयो– ‘तपाईंहरु एक दुइदिनभित्रै हिमाल सिमेन्टको जग्गामा गएर बस्नुस्, अनि सामान सार्दा लाग्ने खर्चवापत सरकारले प्रतिपरिवार रु १५ हजार उपलब्ध गराउँछ ।’
प्रधानमन्त्री डा भट्टराईले आफूसँगै रहेका काठमाडौँ नगर विकास प्राधिकरणका अध्यक्ष केशव स्थापितलाईसमेत सुकुम्वासीलाई हिमाल सिमेन्ट कारखानाको जग्गामा अस्थायी बसोवास मिलाउन निर्देशन दिँदै सरकारले वैकल्पिक व्यवस्था गरेर सहुलियतमा घरजग्गा उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, नेपालका प्रतिनिधि नारायण परिश्रमीले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र प्रस्तुत गर्दै सर्वहारा वर्गको नेतृत्व गर्ने पार्टीका तर्फबाट प्रधानमन्त्री भएको मुलुकमा सुकुम्वासीबस्तीमाथि डोजर चलाइँदासमेत कुनै सुनुवाइ नहुनु आश्चर्यको विषय भएको बताउनुभयो ।
उहाँले सुकुम्वासीलाई तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने, उनीहरुका बालबालिकालाई उचित शिक्षादीक्षाको व्यवस्था गर्नुपर्ने, बस्ती भत्काइँदा भएको क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने र सुकुम्वासीलाई दीर्घकालीनरुपमा व्यवस्थित गर्नुपर्ने माग राख्नुभयो । विपन्न बस्ती संरक्षण पैरवी मञ्चका अध्यक्ष इन्द्र तामाङले सुकुम्वासीबस्ती हटाइने क्रममा घाइते भएकाहरुको उपचार सरकारबाट हुनुपर्ने माग गर्दै वृद्धवृद्धा, बालबालिका र अशक्तको उचित व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
सुकुम्वासीबस्तीमा करिब आधाघन्टा बिताउनुभएका प्रधानमन्त्री डा भट्टराईलाई सुकुम्वासीहरुले आ–आफ्ना गुनासा र दुःखेसो सुनाएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !