महोत्तरी प्रशासनमा आर्थिक अनियमितता सम्बन्धी छानवीन शुरु

http://sindhulidarpan.blogspot.com/2012/05/s_1924.html
अनु खनाल,बर्दिबास,जेठ १७ । जलेश्वर नगरपालिकामा सञ्चालित विभिन्न योजनाहरुमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले छानविन सुरु गरेको छ । जलेश्वर नगरपालिकाको आर्थिक वर्ष ०६८÷०६९ मा पूजीगत तर्फको रकमबाट सञ्चालित योजनाहरुमा व्यापक आर्थिक अनियमितता भएको भन्दै नेकपा संयुक्त महोत्तरीका नेता रमेश कुमार साहले छानविनका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा वैशाख ३ मा उजुरी गरेपछि सो को छानविन सुरु भएको हो ।
नगरपालिकाको भवनमा ग्रिल लगाउने कार्य, क्षतिग्रस्त सडक, मर्मत सम्भार, सडकमा पिसिसि गर्ने कार्य, सडक निर्माण, ग्राभेल , कम्प्युटर सामान खरिद, शौचालय सरसफाई, छठ घाट सुधार, नाला निर्माण र सरसफाई र हैण्डपाइप जडान लगायत ३४ वटा आयोजनामा आर्थिक अनियमितता भएको सो उजुरी पत्रमा उल्लेख गरिएको छ । गत आ.ब. ०६७।०६८ मा पनि नगर पालिकाले उपभोक्ता मार्फत ३३ ,कोटेशन मार्फत २६, अमानतमा २९, निर्माणमा १ र ठेक्का मार्पmत ५ गरी ९४ ओटा आयोजना सञ्चालन गरेका थिए । तर सो योजनाहरु अधिकांश कागजमै सम्पन्न भएको देखाई कर्मचारीहरुले आर्थिक अनियमितता गरेका थिए सो को उजुरी पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयमा विचाराधिन रहेका छन् । जलेश्वर नगरपालिकामा भएको बढदो अनियमितताका छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले प्रशासकिय अधिकृत राधेश्याम गिरीलाई जिम्मेवारी सुम्पीएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !