निर्वाचनको तयारीमा जुट्न कांग्रेसको निर्देशन

काठमाडौं, जेठ १७  । कांग्रेस सभापति सुशील कोइरालाले कार्यकर्ताहरुलाई गाउँ जान निर्देशन दिएका छन् ।
महाराजगञ्जस्थित आफ्नै निवासमा आज विहान जम्मा भएका कार्यकर्ताहरुलाई कोइरालाले यस्तो निर्देशन दिएका हुन् । ‘राष्ट्रिय सहमतिका आधारमा मुलुकमा कुनै बेला निर्वाचनको घोषणा हुनसक्छ,’ सभापति कोइरालाले भने, ‘सहमतिका लागि पार्टीले पहल गरिरहेको छ, राजनीतिक निकास आउछ ।’
‘हाम्रो पहलले सफलता पाउने मेरो बिश्वास छ,’ उनले भने, ‘त्यसकारण तपाईहरु जनतासमक्ष गई संविधान बन्न नसक्नुका कारण बारे स्पष्ट जानकारी दिनुस ।’कोइरालाले कांग्रेसको पक्षमा जनमत बनाउन पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिएको उनका प्रेस सल्लाहाकार विपुल पोखरेलले जनाकारी दिए । केन्द्रीय समिति बैठकबाट जनताको लामो बलिदान र संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने षडयन्त्रका बिरुद्ध देशव्यापिरुपमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय कांग्रेसले गरिसकेको छ । कोइरालाले कार्यकर्ताहरुलाई सोही निर्णयका आधारमा अगाडि बड्न समेत आग्रह गरेका हुन् ।

Related

राष्ट्रिय 1620704051508056635

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item