सहमतीय सरकारका लागि आह्वान गर्नु पर्छ

काठमाडौ, जेठ १७  । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं एमाओवादी नेता देबेन्द्र पौडेलले राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दलहरुलाई आह्वान गर्न सक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा गरेको सक्षात्कारमा पौडेलले राष्ट्रपतिले अन्तरिम संविधान अनुसार कामचलाउ सरकार भएको स्मरण गराउने कार्य स्वभाविक रहेको बताए । उनले भने, ‘अन्तरिम संविधानको धारा ३८ को उपधारा ७ को ‘ख’ बमोजिम प्रधानमन्त्री संसद सदस्य नरहेकोले उहाँले नेतृत्व गर्नु भएको सरकार कामचलाउ भएको भनि स्मरण गराउने राष्ट्रपतिको कार्य स्वभाविक रुपमा लिनु पर्छ ।’ 

पौडेलले सरकार कामचलाउ भएको एमाओवादी पार्टीले पनि स्वीकारिसकेको बताए । उनले भने, ‘अन्तरिम संविधानको धारा ३८ को उपधारा १ बमोजिम सरकार निर्माण गर्न दलहरु लाग्नु पर्छ ।’ उनले राष्ट्रिय सहमतिको सरकार निर्माण हुने वातावरण नबन्दासम्म प्रधानमन्त्री भट्टराईले राजीनामा नदिने बताएका छन् । 

Related

विविध 59018540705673541

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item