कांग्रेस/एमाले विरुद्ध भण्डाफोर अभियान चलाउने

http://sindhulidarpan.blogspot.com/2012/05/s_1782.html
काठमाडौं जेठ १७ । एमाओवादी, कांग्रेस र एमालेसहित विभिन्न राजनीतिक दलहरुमारहेका आदिवासी जनजाति नेताहरुले एमाले र कांग्रेसलाई संघीयता विरोधी भएको आरोप लगाउँदै उनीहरु विरुद्ध भण्डाफोर अभियान चलाउने घोषणा गरेका छन् । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेस र एमालेभित्रका संघीयता विरोधी तत्वरहेको आरोप लगाए ।
संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिका संयोजक तथा एमाले पोलिटब्युरो सदस्य विजय सुब्बाले देशका साम्प्रदायिक नेताहरुले आफ्नै सहकर्मीहरु माथि घात गरेको आरोप लगाए । उनले भने, ‘संघीयता विरोधीहरु अपराधी हुन् ।’संयोजक सुब्बाले संघीयतामाथि घात–प्रतिघात गर्ने पार्टी एमालेमा म बसिरहनुको औचित्य छैन, म बस्दिन पनि जनताले चुनावमा भोट माग्न जाँदा त्यस्ता नेताहरुको गालामा थप्पड हान्ने ठोकुवा गरे । उनले सभाध्यक्षले समयमै संविधानसभाको बैठक बोलाई दिएको भए यस्तो अवस्था आउने थिएन, उनी पनि संघीयता विरोधीसँग साँठगाँठ गरेको आरोप लगाए । पत्रकार सम्मेलनमा एमाओवादीका केन्द्रीय सदस्य धर्मचन्द्र लावतीले लिम्बुवान क्षेत्रका जातीय संघीयता ल्याएरै छाड्ने ठोकुवा गरे ।

कांग्रेस÷एमाले गठबन्धनमा छैनौं:फोरम नेपाल
काठमाडौ, १७ जेठ । मधेसी जनअधिकार फोरम नेपालले कांग्रेस÷एमालेले नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट बाहिरै रहेको जनाएको छ । फोरम नेपालका महासचिव रामसहाय यादवले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर अलग रुपमा आन्दोलनमा जाने बताए । उनले सरकारको कदम असंवैधानिक रहेपनि कांग्रेस÷एमालेसँग गठबन्धन गर्न नसक्ने जनाए ।राष्ट्रपतिको पछिल्लो कदमको स्वागत गर्दै महासचिव यादवले राष्ट्रिय सहमतिकै आधारमा नयाँ सरकार गठन गर्न माग गरेका छन् ।
‘एमाओवादी, कांग्रेस र एमाले मधेस विरोधी पार्टी हुन,’ उनले भने, ‘तीन वटै दललाई समान रुपमा हेर्ने भएकाले कसैको गठबन्धनमा बस्दैनौं ।’बृहद मधेसी मोर्चा कायमै रहेको भन्दै उनले सरकारको कदमको विरोध गर्न नसक्ने सत्ता पक्षीयहरुले आफ्नो पार्टी मोर्चामा नरहेको घोषण गरेको आरोप लगाए । उनले भने, ‘हाम्रो पार्टीलाई मोर्चामा छैन भन्नेहरु अहिले सरकारमा भएका मधेसवादी र एमाओवादी दलहरु हुन ।’
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !